सर्वोच्च अदालत बार निर्वाचन: दुई गठबन्धन मैदानमा, अध्यक्षमा पोख्रेल कि थापा?


काठमाडौं। सर्वोच्च अदालत बार एसोसिएसनको निर्वाचनका लागि दुई गठबन्धन मैदानमा उत्रिएका छन्। नेपाली कांग्रेस निकट वकिल र नेकपा एकीकृत समाजवादी निकट वकिलबाट एउटा गठबन्धन र नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतबाट अर्को गठबन्धन बनाएर वकिलहरु चुनावी मैदानमा खडा भएका हुन्।

कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) र एस निकट प्रगतिशील कानुन व्यवसायी संगठन (एसपिएलए) को संयुक्त समूह (प्यानल)बाट अध्यक्षमा मेघराज पोख्रेल खडा भएका छन्। त्यस्तै एमालेनिकट पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) र माओवादीनिकट क्रान्तिकारी कानुन व्यवसायी संगठन (आरपीएलए) र राप्रपाको संयुक्त प्यानलबाट अध्यक्षमा महेशकुमार थापालाई अघि सारिएको छ। अध्यक्षमा प्रेमसिंह धामीले पनि उम्मेदवारी दिएका छन्।

पोख्रेलका प्यानलबाट उपाध्यक्षमा एसपीएलएका अम्बरबहादुर राउत, सचिवमा डिएलएका रमणकुमार कर्ण सहसचिव महिलामा पुन्देवी महर्जन (सुजना) र कोषाध्यक्षमा रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन्।

थापाको प्यानलबाट उपाध्यक्षमा भिष्मराज कडरिया, सचिवमा प्रभाकर श्रेष्ठ, महिला सहसचिवमा श्रुतिकुमारी रेग्मी र कोषाध्यक्षमा अनन्तराज लुईंटेलले उम्मेदवारी दिएका छन्। उपाध्यक्षमा उत्तमबहादुर श्रेष्ठको पनि उम्मेदवारी परेको छ।

पोख्रेलको प्यानलबाट महिला सदस्यमा शशि बस्नेत र थापा प्यानलबाट सुधा धितालको उम्मेदवारी परेको छ।

पोख्रेलको प्यानलबाट दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ, प्रमोद रेग्मी, पुरुषोत्तमप्रसाद लोहनी र प्रदिपकुमार राजवंशीले सदस्यमा उम्मेदवारी दिएका छन्।

थापाको प्यानलबाट माधवप्रसाद घिमिरे, जगन्नाथ मिश्र, भेषराज न्यौपाने, भोलानाथ ढुंगाना, टीकाध्वज खड्का, भक्तिराम घिमिरे, शुसिलकुमार शर्मा सापकोटा, ख्यामनारायण सापकोटा, सतिशराज मैनालीले सदस्यमा उम्मेदवारी दिएका हुन्।

२०८१ पुस २० गते शनिबार हुने निर्वाचनमा दुई गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिन्छ। नेपाल बार एसोसिएसनको भवन प्राङ्गण, रामशाहपथमा शनिबार बिहान ८ बजेदेखि ३ बजेसम्म मतदान हुने कार्यतालिका रहेको छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ