डा भण्डारीकाे संयाेजनमा शान्तिनगरमा विशेषज्ञ स्वास्थ्य शिविर


काठमाडाै। अंग्रेजि नया वर्षकाे अवसरमा बरिष्ठ अर्थाेपेडिक सर्जन तथा अर्थाेपेडिक अस्पताल जाेरपाटीका निर्देशक डा कैलास भण्डारीकाे संयाेजनमा काठमाडाै ३१ शान्तिनगरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएकाे छ ।

फ्रन्टलाईन अस्पताल र दावाली मिलन क्लव काठमाडाैकाे संयुक्त आयाेजनामा भएकाे निशुल्क सिविरमा २५० वढी स्थानियवासिले सेवा लिएका थिए।
स्थानिय सिदेश्वर माविमा भएकाे साे सिविर वडा नं ३१ काे सहकायर्मा सम्पन्न भएकाे हाे ।
अर्थाेपेडिक अस्पताल जाेरपाटी, फ्रन्टलाईन अस्पताल र सिभिल अस्पताल बानेश्वरका विशेषज्ञ चिकित्सकहरुले सेवा दिएकाे संयाेजक डा भण्डारीले जानकारी दिए ।

स्वास्थ्य शिविरमा जनरल मेडिसिन, जनरल सर्जरी, पेट तथा कलेजो रोग, हाड जोर्नी तथा नशा रोग, नाक, कान घाँटी रोग, प्रसुती रोग, छाला रोग, क्यान्सर रोग, आँखा रोग, मुटु रोग, मुख तथा दाँत रोग, बाल रोगको सेवाहरु उपलब्ध रहेका थिए ।
डा भण्डारीले नयाँ वर्षमा नयाँ काम गरौँ र समाजलाई सहयाग गरौँ भन्ने भावनासहित शिविर सञ्चालन गरिएको बताए । उनले काठमाडौं बाहिर निःशुल्क स्वास्थ्य शिविर राखेपनि काठमाडौं उपत्यकामा लक्षित गरी अहिले शिविर सञ्चालन गरेको जानकारी दिए । सुकुम्बासी र निम्न वर्गका नागरिकहरुका लागि समाजप्रतिको दायित्व निर्वाह गर्न स्वास्थ्य शिविर राखेको बताए ।

पछिल्लाे समय नकारात्मकता बढी फैलिरहेको अवस्थामा समाजमा सकारात्मक उर्जा दिन कार्यक्रम राखिएको र महिनामा दुई पटक शिविर सञ्चालन गर्ने तयारी रहेकाे जानकारी दिए ।
शिविरमा वडा नं ३१ का वडाध्यक्ष सराेज ढकाल, बागमति प्रदेश अान्तरिक मामिला मन्त्री सुरज चन्द्र लामिछाने लगायतकाे उपस्थिती रहेकाे थियाे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ