साउदीमा मंकिपक्सको उपचार नपाएपछि नेपाल आउन थाले, साउदीमा उपचार नपाएपछि नेपाल आयौँः संक्रमित
काठमाडौं । गत पुष ५ गते साउदी अरेबियाबाट आएका एक व्यक्तिमा मंकिपक्स पुष्टि भएको थियो । स्वास्थ्यमन्त्री प्रदिप पौडलको गृहजिल्ला तनहुँ घर भएका ३६ वर्षीय पुरुषमा मंकिपक्स पुष्टि भएको थियो । उनको अहिले पनि सरुवारोग अस्पताल टेकुमा उपचार जारी छ ।
आइतबार हिजो पुन अर्को केस पुष्टि भएको छ । यो सँगै नेपालमा मंकिपक्सका बिरामी तीन जना भएका छन् । ४४ वर्षका नेपाली पुरुषमा आइतबार मंकिपक्स पुष्टि भएको रोग नियन्त्रण महाशाखाले जनाएको छ । उनको लिङ्ग पुरै सुनिएको छ भने, शरिरभर बिमीरा आएको छ ।
साउदी अरेबियाले मंकिपक्सका बिरामीको तथ्यांक सार्वजनिक गर्न छाडेको छ । गत अगष्टबाट रिर्पोट भएको छैन । घर घरमा महामारिको रुपमा केस देखिएपछि अन्तराष्ट्रिय जगतमा बदनाम हुने त्रासले साउदीले केस लुकाएको र उपचारमा कडाइ गरेको विज्ञहरु बताउँछन् ।
चिकित्सकहरुले बताए अनुसार साउदीले उपचार नगरेपछि बिरामी आ आफ्नो देश जान थालेका छन् । नेपालमा आएका यी दुई जनाले पनि सोही कुरा बताएका छन् । साउदीमा उपचार नपाएपछि नेपाल आएको उनिहरुको भनाई छ । नेपालमा मंकिपक्स पुष्टि भएका दुवै युवाले एउटै कुरा भनेका छन् साउदीमा यसको उपचार गरिएन त्यसैले उपचारका लागि हामी नेपाल आएका हौँ ।
पछिल्लो एक सातामै दुई केस नेपालमा पुष्टि हुनुले यो दर ह्वात्तै बढ्ने अनुमान लगाउन सकिन्छ । तर, स्वास्थ्य मन्त्रालयले उपचारमा खटेका चिकित्सकलाई बोल्न दिएको छैन । अभ, उपचारमा खटेका चिकित्सकलाई पोजेटिभ रिर्पोटबारे समेत जानकारी गराइएको छैन । हुन त ढङ्ग नभएको व्यक्तिले चलाएको मन्त्रालय यस्तै हुने हो ।
मंकिपक्स संक्रमित धमाधम देखिन थालेका छन् । स्वास्थ्य मन्त्री पौडेलले सम्भाबित महामारीको पुर्व तयारीका लागि केही काम गरेका छैनन् । उनलाई महामारी न्यूनिकरणमा जुट्ने भन्दा विगतमा भएका निर्णयलाई आफ्नो पक्षमा पार्ने कच्चा खेलमा जुटेका छन् । पौडेलले स्वास्थ्यलाई २० वर्ष पछाडी धकेलेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकारट्याग : ##Monkey
तपाईको प्रतिक्रिया दिनुहोस