स्वास्थ्यमन्त्री प्रदिप पौडेललाई कसले बनायो ‘कार्टुन’
काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेललाई ‘कार्टुन’ बनाएको चर्चा चल्न थालेको छ। स्वास्थ्यमन्त्री पौडेलले प्रचारमा आउनका लागि देखाउन थालेका स्टन्टले उनी कार्टुन बन्न थालेको चर्चा हुन थालेको छ। पहिला नै भइसकेका निर्णय र कानुनमा भएका व्यवस्थालाई समेत आफूले गरे जस्तो गरी प्रचार गर्न चर्चा बटुल्न खोजेपछि स्वास्थ्यमन्त्री पौडेल चर्चा र विवादमा पर्न थालेका हुन्।
स्वास्थ्यमन्त्री पौडेलले बालबालिकामा बढ्दै गएको समस्या अटिजम रोकथाम, उपचार, हेरविचारका लागि निर्देशिका बनाउने प्रक्रिया अघि बढाएको समाजिक सञ्जालमा मार्फत सार्वजनिक गरेपछि उनी कार्टुन बन्न लागेको सार्वजनिक टिप्पणी हुन थालेको छ। उनलाई कार्टुन नबन्न वरिष्ठ चिकित्सकहरुले नै सुझाव दिन थालेका हुन्।
स्वास्थ्यमन्त्री पौडेलले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा ‘**अटिजम रोकथाम र उपचार प्रभावकारी बनाउने प्रयास** बालबालिकामा बढ्दै गएको समस्या अटिजम रोकथाम, उपचार, हेरविचारका लागि निर्देशिका बनाउने प्रक्रिया अघि बढाएका छौं।सरोकारवालाको सुझावका आधारमा तयार निर्देशिका कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्दछौं। सरोकारवालाको सुझावका आधारमा तयार निर्देशिका कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्दछौं’, लेखका छन्।
स्वास्थ्यमन्त्री पौडेललाई एक्स मार्फत नै वरिष्ठ चिकित्सक डा. सुधांशु केसीलगायतले कार्टुन नबन्न सुझाव दिएका छन्। ‘सल्हाकार फेर्नुस् सर, नत्र कर्टुन बनाउछन हैं। कसैले भनेन भन्नुहोला फेरी!’, डा. केसीले उनलाई सुझाव दिँदै लेखेका छन्। डा. केसीको बुझाईमा स्वास्थ्यमन्त्री पौडेललाई सल्लाहकारले कार्टुन बनाउन लागेका छन्। तर, यथार्थमा स्वास्थ्यमन्त्री पौडेल कार्टुन बनिसकेको टिप्पणी हुन थालेको छ।
त्यस्तै चर्चित चिकित्सक डा. रामेश कोइरालाले अटिजमको रोकथाम र उपचार हुन्छ भनेर मन्त्रीलाई सल्लाह दिने विज्ञलाई समेत व्यंग्यवाण हानेका छन्। ‘तपाईँलाई अटिजमको रोकथाम र उपचार हुन्छ भनेर जानकारी दिने ती विज्ञलाई त्यो समितिबाट निकालेरमात्र निर्देशिका बनाउन अनुरोध!’, डा. कोइरालाले लेखेका छन्।
स्वास्थ्यमन्त्री पौडेलको काम र प्रचार गराईको शैली देखेर वरिष्ठ चिकित्सकहरु नै आश्चर्यमा पर्न थालेका छन्। सार्वजनिक खपतका लागि पछिल्ला समय गरिएका निर्णयले स्वास्थ्यमन्त्री पौडेलको क्षमतामाथि समेत प्रश्न उठ्न थालेको छ। स्वास्थ्यमन्त्री पौडेल अझै परिपक्व र सचेत नबने असफल स्वास्थ्यमन्त्रीका रूपमा ‘दर्ज’ हुने खतरा देखिन्छ। आलोचनालाई सहज रुपमा लिन नसक्ने र चर्चाका लागि जथाभावी निर्णय गर्दै जाने हो भने स्वास्थ्यमन्त्री पौडेल डा. केसीले भने जस्तै कार्टुन बन्ने दिन धेरै टाढा छैन।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस