श्रीमानलाई अस्पतालको अध्यक्ष बनाएपछि विवादमा तानिइन् मन्त्री खड्गी
काठमाडौं। विद्यासुन्दर शाक्य काठमाडौं महानगरपालिकाको मेयर हुँदा उपमेयर रहेकी हरिप्रभा खड्गी श्रेष्ठ चर्चामा थिइन्। उनलाई काठमाडौं महानगरपालिकाको भावी मेयरको रुपमा समेत हेरिने गरिन्थ्यो। नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरको आकांक्षी हरिप्रभाले प्रदेश सभा सदस्यमा टिकट पाएर निर्वाचित भइन्। नेपाली कांग्रेसमा महिलामा सिन्धुपाल्चोकबाट मसिना खड्का र काठमाडौंबाट खड्गीले प्रत्यक्ष निर्वाचन जितेका थिए।
काठमाडौंबाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हरिप्रभा बागमती प्रदेशको सामाजिक विकासमन्त्री भइन्। काठमाडौंको उपमेयर हुँदा चर्चामा रहेकी हरिप्रभा फेरि एकपटक चर्चामा आएकी छिन्। आफ्नै श्रीमानलाई अस्पताल विकास समितिको अध्यक्ष भएपछि खड्गी विवाद र चर्चामा आएकी हुन्। हरिप्रभाका श्रीमान प्रकाश खड्गी टोखा चण्डेश्वरी अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्ष नियुक्त भएपछि उनी नातावादमा लागेको भन्दै आलोचना सुरु भएको छ। हरिप्रभाको जोडबलमा श्रीमान प्रकाश प्रदेशस्तरको टोखा चण्डेश्वरी अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्ष भएपछि उनीमाथि प्रश्न उठ्न थालेको हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस