काठमाडौं महानगरपालिका अन्तर्गतको निःशुल्क उपचार सेवाका लागि के के हुन् आवश्यक कागजातहरू?
काठमाडौं। काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका अस्पतालहरूमा विपन्न, असहाय, र वेवारिसे नागरिकहरूलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने प्रणाली कार्यान्वयन सुरु गरेको छ।
नेपालको संविधान २०७२ को धारा ३५ अनुसार, प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने संवैधानिक हकको कार्यान्वयन गर्न महानगरले यो पहल गरेको हो।
महानगरपालिकाको जनस्वास्थ्य ऐन २०८० को दफा २८ अनुसार, काठमाडौं महानगरपालिका क्षेत्रभित्रका अस्पतालहरूले कुल शैयाको १० प्रतिशत भाग विपन्न, असहाय, र वेवारिसे नागरिकहरूको निःशुल्क उपचारमा समर्पित गर्नुपर्ने व्यवस्था गरेको छ। नेपाल सरकारको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को दफा ७०९घ० मा पनि यस्तै प्रावधान गरिएको छ।
विपन्न र असाहय बिरामीले निशुल्क उपचार सेवा लिनका लागि चाहिने आवश्यक कागजातः
१. नेपाल सरकार / प्रदेश सरकार / स्थानिय सरकारले लक्षित वर्ग हो भनी जारि गरेको कागजात / परिचय पत्र वा,
२. राष्ट्रिय परिचयपत्र / नेपाली नागरिकता प्रमाण पत्र/ जन्मदर्ता प्रमाणपत्र प्रतिलिपी र हालसालै खिचिएको फोटो र,
३. रोग पहिचान भए सोको कागजपत्र र,
४. अनुसूची-५ को आधारमा सम्बन्धीत स्थानिय तहको वडाले लक्षित वर्ग हो भनी अनुसूची- ४ अनुसारको सर्जमिन गरेको कागज र,
५. सम्बन्धीत स्थानिय तहको वडा कार्यलयले उपचारको लागी अनुसूची- ३ अनुसारको सिफारिस गरेको पत्र,
बेवारिसे बिरामीले निशुल्क उपचार सेवा लिनका लागि चाहिने आवश्यक कागजातः
१. आकस्मिक कक्षमा आएका बखत उपचार खर्च नभएका गरिव, बिपन्न तथा वेवारिसे विरामिलाई प्रारम्भिक स्वास्थ्य उपचार निशुल्क प्रदान गर्नु पर्नेछ ।
२. थप जानकारी को लागि 1180 मा डायल गर्नुहोस ।
यो नयाँ प्रणालीले स्वास्थ्य सेवामा पारदर्शिता, पहुँच, र प्रभावकारिता बढाउँदै काठमाडौं महानगरपालिकाभित्रका नागरिकहरूको जीवनरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
https://freehealth.kathmandu.gov.np/home/
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस