स्वास्थ्यका महानिर्देशक: तह अनेक, मर्यादा एक


काठमाडौं ।  “कुरामा हैकम, काममा खै दम?” स्वास्थ्यमन्त्री प्रदिप पाैडेलमा मेल खाने नेपाली उखान हाे याे । स्वास्थ्यमा आएकाे दिन देखि उनका हरेक गतिविधिलाई स्वास्थ्य लाइभले नजिकबाट नियालेर हेरिरहेकाे छ ।

उनका कुरामा हैकम बढि देखिन्छ तर, काममा कुनै दम छैन । स्वास्थ्य क्षेत्रमा उनले आशावादी केही काम गर्न सकेका छैनन् । बाेल्न नसकेकाहरु बिस्तारै उकुसमुकुस भएर उकेल्न थालेका छन् । वरिष्ठ चिकित्सकले कार्टुन बनाउन थालेका छन् ।

स्वास्थ्य मन्त्रालय मातहत तीनवटा विभाग रहेका छन् । आयुर्वेद विभाग, स्वास्थ्य सेवा विभाग र औषधी व्यवस्था विभाग । यि तीन निकायमा महानिर्देशक रहने व्यवस्था छ । यहाँको महानिर्देशककाे मर्यादा एउटै हुन्छ । तर, तह फरक-फरक भएको व्यक्तिलाई पाैडेलले महानिर्देशक बनाएका छन् ।

स्वास्थ्य सेवा विभागकाे महानिर्देशक १२ तह, आयुर्वेद विभागको महानिर्देशक १० औं तह र औषधी व्यवस्था विभागकाे महानिर्देशक ११ तहकाे व्यक्तिलाई दिइएको छ । ११ तहकाे चिकित्सक महानिर्देशक हुँदाहुँदै पाैडेलले आर्थिक चलखेलमा १० औं तहका व्यक्तिला ई महानिर्देशक बनाएका हुन ।

स्वास्थ्य सेेवामा ११ तहका सिनियर कर्मचारी फालाफाल छन् । हैकम र स्टन्टबाज मन्त्रीलाई त्याे पक्कै जानकारी हाेला । पद र जिम्मेवारीबीचको असमानताले मन्त्रीकाे असफलता तर्फ संकेत गर्छ ।

पद र जिम्मेवारीबीचकाे असमानतालाई ध्यान नदिँदा उत्पन्न हुने समस्या

काम गर्ने प्रक्रियामा अनुशासन र उद्देश्य हराउँदै जान्छ भने संस्थाको कार्यक्षमता गिरावट आउछ । जनताको सेवा गर्ने जिम्मेवारी भएका व्यक्तिहरूले सही काम नगर्दा जनताको विश्वास गुम्छ । जिम्मेवारीको निर्वाह नगर्ने उच्च पदस्थ व्यक्तिहरूले निर्णयमा स्वार्थ र पक्षपात गर्न सक्छन् ।

प्रभावकारी नेतृत्वको अभावले स्रोत साधनहरूको दुरुपयोग हुन्छ । मन्त्रीले व्यक्तिगत फाइदा लिए तर देश र जनतालाई ठुलाे क्षति भएको छ । पाैडेल जस्ता व्यक्तिका कारण योग्य व्यक्तिले अवसर पाउँदैनन भने समग्र स्वास्थ्य प्रणाली कमजोर हुन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ