रगत निःशुल्क उपलब्ध गराउनुपर्ने पूर्वस्वास्थ्यमन्त्री थापाको भनाइ


काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले रगतको आवश्यकता पर्ने व्यक्तिका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने धारणा राखेका छन्।   चितवनमा नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा उनले रगत निःशुल्क उपलब्ध गराउनुपर्ने धारणा राखेका हुन्। रगत दिनेले पनि निःशुल्क दिने भएकाले पाउनेले पनि निःशुल्क पाउनुपर्ने पूर्वस्वास्थ्यमन्त्री थापाको भनाइ छ।

बिरामीले रगतको पैसा तिरि रहेको बताउँदै त्यसलाई राज्यले छुट दिनुपर्ने पूर्व स्वास्थ्यमन्त्री थापाको तर्क छ। दानमध्येको ठूलो दान रक्तदान भएकाले कल्याणको भावनाले उत्प्रेरित भएर काम गर्नुपर्ने उनले बताए।

सामाजिक काममध्येको महत्वपूर्ण र परोपकारी काम रक्तदान भएको भन्दै थापाले अघि थपे, ‘गत दिने र लिनेबीच कुनै सम्बन्ध नहुँदा पनि सहयोग स्वरुप सम्बन्ध स्थापित हुन्छ। रक्तदान गर्नेलाई कसले प्रयोग गर्छ थाहा नहुने र लिनेले कसको रगत लियो त्यो पनि थाहा नहुने हुँदा रक्तदान पूण्यको काम हो।’ थापाले यसमा विशेष जोड दिएका छन्।

नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखा सभापति कृपा राजभण्डारीले रक्तदान गर्न आह्वान गरेका छन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ