प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता 


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटघाट भएको छ। प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न भण्डारी निवास बुढानीलकण्ठ पुगेका हुन्।

करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने चर्चाकाबीच ओली- भण्डारीको भेटर्वार्ता भएको हो।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रिय हुने पक्कापक्की जस्तै भएको छ। पूर्वराष्ट्रपति भण्डारीको नेतृत्वमा बाम एकताको प्रयास समेत हुँदै आएको सुनिन्छ। ओली-भण्डारीबीच पछिल्लो समय शीतयुद्ध जस्तै सम्बन्ध रहेको चर्चा भइरहेको बेला भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ