एसएसपी कार्कीसहित ५ जना डिआईजीमा बढुवाका लागि सिफारिस
काठमाडौं। नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) ईश्वर कार्कीसहित ५ जना प्रहरी नायव महानिरीक्षक (डिआईजी)मा बढुवाका लागि सिफारिस भएका छन्। डिआईजीमा बढुवाका लागि सिफारिस हुनेमा एसएसपीहरू ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया रहेका छन्।
बढुवा समितिको सचिवालयका अनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी नायव महानिरीक्षक पद संख्या ५ मा बढुवाका लागि उनीहरूलाई नाम सिफारिस गरिएको हो। डिआईजीमा बढुवाका लागि सिफारिस भएका एसएसपी कार्की अहिले नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय, नक्सालमा कार्यरत छन्। भट्ट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेत, आचार्य लागू औषध नियन्त्रण ब्यूरो, काठमाडौं र पौडेल अख्तियार दुरूपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल तथा थपलिया नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग वृत्ति विकास महाशाखा, नक्सालमा कार्यरत छन्।
२०५४ सालमा प्रहरी निरीक्षक भएका ब्याची एसएसपीहरु ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरूण पौडेल र गोविन्द थपलिया डिआईजीमा बढुवाका लागि सिफारिस भएका हुन्। उनीहरूकै ब्याची दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारीलाई यसअघि डिआइजी भइसकेका छन्।
क्याटेगोरी : समाचारट्याग : #अरूण पौडेल, #ईश्वर कार्की, #एसएसपी, #गोविन्द थपलिया, #डिआईजी ईश्वर कार्की, #दिनेशकुमार आचार्य, #राजेन्द्रप्रसाद भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस