१८ उपसचिव कार्यक्षमताका आधारमा सहसचिवमा बढुवाका लागि सिफारिस


काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको बढुवा समितिले कार्यक्षमता मूल्याङ्कनका आधारमा १८ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ। जेष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने सहसचिवको बढुवामा रिट परेपछि रोकिएको बढुवाको प्रक्रिया अघि बढेसँगै कार्यक्षमता मूल्याङ्कनद्वारा हुने बढुवामा १८ जना उपरसचिवको नाम सहसचिव बढुवाका लागि सिफारिस भएको हो। 

सहसचिवको बढुवामा २०६७ चैत २७ गते सामान्य प्रशासन समूहको पहिलो नम्बरका उपसचिव रहेका योमेन्द्र उपाध्याय जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवामा सिफारिस भएपछि दोस्रो नम्बरका प्रेमप्रसाद लुईंटेल कार्यक्षमता मूल्याङ्कनद्वारा हुने बढुवामा पहिलो नम्बरमा परेका छन्। त्यसपछि रामदत्त पाण्डे, विनिता भट्टराई, लक्ष्मण ढकाल, दिलकुमार तामाङ, लक्ष्मी पाण्डे गौतम, मनिता श्रेष्ठ र लोकबहादुर सुनारको नाम सहसचिवमा बढुवाका लागि सिफारिस भएको छ। यिनीहरु सबै सामान्य प्रशासन समूहका उपसचिव हुन्। उक्त समूह कै उपसचिव इन्द्रप्रसाद बस्याल, पूर्णमान श्रेष्ठ र कृष्णबहादुर शाहीपनि सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन्।

त्यस्तै राजस्व समूहका उपससचिवहरू जगदिश्वर उपाध्याय, नारद गौतम, निर्मल ढकाल, राजेन्द्रकुमार हमाल र दिव्यराज पोखरेल कार्यक्षमता मूल्याङ्कनद्वारा सहसचिव बढुवाका लागि सिफारिस भएका छन्। त्यसैगरी लेखा समूहका उपसचिवद्वय विरेन्द्रकुमार मिश्र र शिवप्रसाद चौधरी पनि सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन्।

नेपाल प्रशासन सेवाको सहसचिवमा बढुवाका लागि १८ जना उपसचिवको नाम सिफारिस हुँदा ११ जना सामान्य प्रशासन समूहबाट परेका छन्। त्यस्तै ५ जना राजस्व र २ जना लेखा समूहबाट सहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन्। उनीहरूले शतप्रतिशत अंक ल्याउन सफल भएका छन्। तर, कर्मचारीको कासमूलाई कर्मकाण्डका रूपमा लिइँदै आएको छ।

क्याटेगोरी : समाचार
ट्याग : #उपसचिव इन्द्रप्रसाद बस्याल, #कार्यक्षमता मूल्याङ्कन, #जगदिश्वर उपाध्याय, #दिलकुमार तामाङ, #दिव्यराज पोखरेल, #नारद गौतम, #निर्मल ढकाल, #पूर्णमान श्रेष्ठ र कृष्णबहादुर शाही, #प्रेमप्रसाद लुईंटेल, #मनिता श्रेष्ठ, #राजेन्द्रकुमार हमाल, #रामदत्त पाण्डे, #लक्ष्मण ढकाल, #लक्ष्मी पाण्डे गौतम, #लोकबहादुर सुनार, #विनिता भट्टराई, #विरेन्द्रकुमार मिश्र, #शिवप्रसाद चौधरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ