सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा मेघराज पोख्रेल निर्वाचित


काठमाडौं। सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोख्रेल निर्वाचित भएका छन्। उनी ३ सय ६८ मत ल्याएर विजयी भएका हुन्। पोख्रेलले निकटतम प्रतिद्वन्द्वी महेशकुमार थापालाई १ सय ८७ मतान्तरले पराजित गर्दै सर्वोच्च अदालत बारको अध्यक्षमा विजयी भएका छन्। पोख्रेलले ३ सय ६८ मत ल्याउदा थापाले १ सय ८१ मत ल्याएका छन्। उनी भारी मतान्तरले सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा विजयी भएका हुन्। अध्यक्षका अर्का उम्मेदवार प्रेमसिंह धामीले १५ मत ल्याएका छन्।

 

सर्वोच्च अदालत बारको अध्यक्षमा विजयी पोख्रेल कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) र एस निकट प्रगतिशील कानुन व्यवसायी संगठन (एसपिएलए) को संयुक्त समूह (प्यानल)बाट अध्यक्षको उम्मेदवार बनेका थिए। त्यस्तै थापा एमालेनिकट पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) र माओवादीनिकट क्रान्तिकारी कानुन व्यवसायी संगठन (आरपीएलए)को संयुक्त प्यानलबाट अध्यक्षको उम्मेदवार रहेका थिए।

उपाध्यक्षमा पोख्रेलका प्यानलबाट एसपीएलएका अम्बरबहादुर राउत विजयी भएका छन्। राउतले ३ सय ४६ मत ल्याउदा निकटतम प्रतिद्वन्द्वी पीपीएलएका भिष्मराज कडरियाले १ सय ७३ मत ल्याएका हुन्। सचिवमा प्रोख्रेल प्यानल कै डिएलएका रमणकुमार कर्ण विजयी भएका छन्। उनले ३ सय ३९ मत ल्याएका छन्। महिला सहसचिव पनि पोख्रेल प्यानल कै पुन्देवी महर्जन (सुजना) र कोषाध्यक्षमा डिएलएकका रामचन्द्र पौडेल विजयी भएका छन्। सहसचिवमा महर्जनले ३ सय ३७ र कोषाध्यक्षमा पौडेल ३ सय ४३ मत ल्याएर विजयी भएका हुन्।

महिला सदस्यमा पोख्रेलको प्यानल कै शशि बस्नेत निर्वाचित भएकी छिन्। उनले ३ सय १७ मत ल्याएर विजयी भएकी हुन्। सदस्यमा पोख्रेलको प्यानलबाट दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ, प्रमोद रेग्मी र प्रदिपकुमार राजवंशी निर्वाचित भएका छन्। अर्का एक सदस्यमा भने थापा थापाको प्यानलका सतिशराज मैनालीले बाजी मारेका छन्।

शनिबार भएको सर्वोच्च अदालत बार एशोसिएसनको चुनावमा ५ सय ७४ मत खसेको थियो। नेपाल बार एसोसिएसनको भवन प्राङ्गण, रामशाहपथमा शनिबार बिहान ८ बजेदेखि सुरु भएको मतदान ३ बजे सकिएको थियो। ४ बजेदेखि सुरु भएको मत गणना अन्तिम परिणाम घोषणा गर्दा ८ बजिसकेको थियो।

क्याटेगोरी : समाचार
ट्याग : #अमरबहादुर राउत, #पुन्देवी महर्जन, #मेघराज पोखरेल, #रमणकुमार कर्ण, #रामचन्द्र पौडेल, #शशि बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ