झिसमिसेमै धोबीखोलामा उत्तानो पऱ्यो ट्याक्सी


काठमाडौं। काठमाडौंको अनामनगरस्थित धोबीखोलामा झिसमिसेमै ट्याक्सी उत्तानो परेको छ। बागमती प्रदेशमा दर्ता भएको ट्याक्सी धोबीखोलाभित्र उत्तानो परेको हो। प्रत्यक्षदर्शीका अनुसार बिहान ६ बजे अनामनगर साइडतिर धोबीखोला करिडोरमा ओभर स्पिडमा आएको ट्याक्सी डिल नाघेर धोबीखोलामा बसेको हो। खोलाको बीच भागमा उत्तानो परेको ट्याक्सीबाट ड्राइभर भने सकुशल निस्किएका हुन्। उनी सामान्य घाइते भएका छन्। धोबीखोलामा झरेको उक्त ट्याक्सीलाई अहिले ‘क्रेन’ले निकालिसकेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ