पूर्वमन्त्री विश्वकर्माले स्वर्गीय मातापिताको स्मृतिमा बराहक्षेत्रमा स्वास्थ्य इकाई भवन बनाइदिए
काठमाडौं। पूर्वमन्त्री एवं कांग्रेस नेता मीनबहादुर विश्वकर्माले स्वर्गीय मातापिताको स्मृतिमा सुनसरीको बराहक्षेत्रमा स्वास्थ्य इकाई भवन बनाइदिएका छन्। उक्त भवनको उद्घाटन उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका हुन्।
नेपाली कांग्रेस केन्द्रीय सदस्य एंव सूचना संचार तथा प्रचार विभाग प्रमुख समेत रहेका पूर्व वाणिज्यमन्त्री विश्वकर्माले पिता स्व. बखतबहादुर विश्वकर्मा र माता स्व. टिकामाया विश्वकर्माको स्मृतिमा बराहक्षेत्रमा उक्त सामुदायिक स्वास्थ्य ईकाईको भवन निर्माण गरिदिएका हुन्। बराक्षेत्र- १ सुनसरी नवनिर्मित टिका-बखत भवन उपप्रधानमन्त्री सिंहले उद्घाटन गरेका हुन्। उक्त भवन बराहक्षेत्र नगरपालिका लाई हस्तान्तरण गरिएको छ ।
मीनबहादुरका पीता बखतबहादुर भोजपुरको टक्सारमा जन्मिएका थिए।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस