नेपालमा ग्लोबल फन्ड धराप, सेभबाट खोसे तर युएनडिपी र सरकारमा गम्भीरता देखिएन 


काठमाडौँ ।  सेभ द चिल्ड्रेनबाट ग्लोबल फन्डको पीआर खोसिएसँगै नेपालमा उक्त फन्ड धरापमा परेको अधिकारीहरूले बताउँन थालेका छन् । क्षयरोग, मलेरिया र एचआइभीका क्षेत्रमा परिचालित उक्त फन्ड पीआर परिवर्तनसँगै नेपालमा धरमराएको छ ।  

ग्लोबल फन्डलाई विगत देखि बुझेका विद्वानहरूले भन्छन् अबको २४ दिनबाट आगामी वर्षका लागि कार्यक्रम सुरु हुनुपर्छ । तर, अहिले सम्म नयाँ पीआर पाएको युएनडिपी आफै अलमलमा परेको देखिन्छ । 

गुण्डा प्रयोग गरेर सेभबाट पीआर खोस्न सरकार सफल भए पनि नयाँ पीआरबाट कार्यक्रम अगाडि बढाउन असफल जस्तै देखिएको छ । ग्लोबल फन्डले ५१ मिलियन मध्ये ४ मिलियनमा सरकार पीआर बनाएको छ भने, ४७ मिलियनमा युएनडिपी पीआर बनाएको छ । सरकार र युएनडिपी पीआर भएपनि कामले माखो मारेको छैन अधिकारीहरू भन्छन् । 

ग्लोबल फन्डको कार्यक्रम सञ्चालन गर्न सेभ पीआर हुँदा भर्ना भएका कर्मचारीको अवधि सकिएको छ । उनीहरू घर गएका छन् । नयाँ पीआरले नयाँ स्वरूपमा कर्मचारी भर्ना गरेर काम अगाडि बढाउने हो । २४ दिन बाँकी रहँदा सम्म कर्मचारी आवश्यकताको सूचना निकालिएको छैन । 

आर.एफ.आइ मागेको मिति सकिएको निकै भयो । आर.एफ.आइबाट सट लिस्ट गरेकाहरूसँगै प्रपोजलमा माग गर्नुपर्छ, त्यसका लागि कम्तिमा १५ दिनको समय लाग्छ । प्रोपोजल माग गरेपछि त्यसको अध्ययन गर्न थप ७ दिनको समय लाग्छ । कर्मचारी माग गर्नुपर्छ । विगतमा देशका विज्ञहरूले चलाएको कार्यक्रम युएनडिपी र सरकारले सडकबाट उठाएर ल्याउने पक्कै हैन होला । 

अन्यत्र काम गरिरहेका कर्मचारी आवद्ध हुने हुँदा उनिहरुलाई नयाँ ठाउँमा सूचना दिन १ महिनाको समय लाग्छ । अहिले सम्म सुतेर बसेको सरकार र युएनडिपीले कम्युनिटीका सेवा अवरुद्ध पार्ने देखिएको छ ।

स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा र उक्त शाखाको नेतृत्व गरेकाहरू असफल देखिएका छन् । विगतमा सानो सचिवले परिचित भएका भीम प्रसाद सापकोटा अहिले समन्वय महाशाखामा पुगेका छन् । मन्त्रीको आशीर्वादले त्यहाँ पुगेका उनलाई पछिल्लो समय “छोटे मन्त्री” का रुपमा चिनिन्छन् । 

अन्तराष्ट्रिय समन्वय महाशाखा हेर्ने जिम्मा पाएका अतिरिक्त सचिव डा टङ्क बराकोटी गौप्राणी हुन् । एचआइभी, क्षयरोग र मलेरियामा काम गर्ने भनेको ग्लोबल फन्डका मान्छेले हो । सरकारी अधिकारीहरू घाम तापेर बस्ने, टीओ खाने बाहेक केही गरेको देखिदैन ।

सरकार आफै ४ मिलियनमा पीआर छ । यो पाराले कहिले मान्छे माग्ने, कहिले फिल्डमा गएर काम गर्ने अचम्म छ । युएनडिपीको लम्बेतान प्रोसेसरका बारेमा हामीले कुरा गरिरहनै पर्दैन ।

स्वास्थ्य सचिव डा रोशन पोखरेलले आफूलाई ग्लोबल फन्ड प्रति कुनै चासो नभएको बताएका छन् । विगतमा धेरै विवाद भएकाले उनी अहिले पन्छिन खोजेका छन् । हुन त उनी आफै अस्ताउँदा घाम भइसकेका छन् । 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : ##Global Found, ##mohp nepal, ##undp

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ