माघ १६ गते प्रज्ञा प्रतिष्ठानमा हजार युवा वकिलको जमघट हुने


काठमाडौं। माघ १६ गते झन्डै हजार युवा वकिलको काठमाडौंमा भव्य जमघट हुने भएको छ। नेपाल बार एसोसिएसनले काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा गर्न लागेको युवा वकिल सम्मेलनमा करिब १ हजार जनाको उपस्थिति रहने आँकलन गरिएको छ।

‘पहिलो युवा कानून व्यवसायी सम्मेलन-२०२५’ नाम दिएको उक्त सम्मेलनमा ४० वर्ष मुनिका कानुन व्यवसायीले निःशुल्क सहभागी हुन पाउनेछन्। ४० वर्ष माथिको हकमा भने १ हजार शुल्क तोकिएको छ। ‘पहिलो युवा कानून व्यवसायी सम्मेलन-२०२५’ संयोजन अधिवक्ता सेमन्त दाहालले गरिरहेका छन्। यो सम्मेलनलाई ठूलो कार्यक्रममा रुपमा लिइएको छ।

नेपाल बार एसोसिएसनको महासचिव अन्जिता खनालले युवा कानुन व्यवसायीको समस्या बुझ्न र नीतिगत तहमा लगेर सम्बोधन गर्न उक्त सम्मेलनमा महत्त्वपूर्ण हुने दाबी गरिन्। यसले युवाहरुको धारणा बुझ्न सहज हुने उनको विश्वास छ। उक्त सम्मेलनमा करिब १ हजार कानुन व्यवसायीहरू सहभागी हुने महासचिव खनालले आँकलन छ।

‘पहिलो युवा कानून व्यवसायी सम्मेलन-२०२५’ का लागि नेपाल बारले इकाई बारलाई गरेको परिपत्र यस्तो छ

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ