काठमाडौंको सिडिओमा तिवारी, मोरङमा यादवलाई पठाइयो
काठमाडौं। गृह मन्त्रालयले काठमाडौंको प्रमुख जिल्ला अधिकारी सिडिओमा ऋषिरम तिवारीलाई पठाएको छ। काठमाडौंका विवादित सिडिओ जयनारायण आचार्यलाई गृह मन्त्रालय तान्दै सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तिवारीलाई काठमाडौंको सिडिओमा पठाइएको हो। काठमाडौंपछि आकर्षक मानिएको मोरङको सिडिओमा इन्द्रदेव यादवलाई पठाइएको छ। मोरङका सिडिओ प्रेमप्रसाद भट्टराईको भने गृह मन्त्रालय सरुवा भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाको सिडिओ भएर सर्लाहीका सिडिओ गोपालकुमार अधिकारी गएका छन्। झापाका सिडिओ बन्धुपसाद बाँस्तोलालाई गृह मन्त्रालय सरुवा गरेर झापामा अधिकारी पठाइएको हो। सर्लाहीमा भने तुलसीबहादुर श्रेष्ठ सिडिओ बनेर गएका छन्।
सुनसरीको सिडिओमा कैलालीका धर्मेन्द्रकुमार मिश्र गएका छन्। कैलालीमा भने गृह मन्त्रालयका आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख गोगनबहादुर हमाललाई पठाइएको छ। झापा ताकेका हमाल कैलाली पुगेका छन् भने काठमाडौं ताकेका सुनसरीको सिडिओ रामचन्द्र तिवारी गृह मन्त्रालय ल्याइएका छन्। सल्यानका प्रमुख जिल्ला अधिकारी पनि गृह मन्त्रालय नै सरुवा भएका हुन्।
क्याटेगोरी : समाचार
ट्याग : #इन्द्रदेव यादव सहसचिव, #ऋषिराम तिवारी, #गोगनबहादुर हमाल, #गोपालकुमार अधिकारी, #जयनारायण आचार्य, #तुलसीबहादुर श्रेष्ठ, #धर्मेन्द्रकुमार मिश्र, #प्रेमप्रसाद भट्टराई, #बन्धुप्रसाद बाँस्तोला, #रामचन्द्र तिवारी, #सिडिओ
तपाईको प्रतिक्रिया दिनुहोस