सुनसरीको सिडिओमाथि हर्क साम्पाङको अराजक टिप्पणी


काठमाडौं। सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)माथि धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले अराजक टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सिडिओ लक्षित अराजक टिप्पणी गरेका हुन्।

गृह मन्त्रालयले सोमबार सुनसरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामचन्द्र तिवारीलाई मन्त्रालय तानेर सुनसरीको सिडिओमा कैलालीका सिडिओ धर्मेन्द्रकुमार मिश्रलाई पठाएको छ। सोमबार मात्र सरुवा भएकाले तिवारी अझै केही दिन सुनसरीमै रहन्छन्। तर, उनी नहिँडीकनै धरानका मेयर हर्क सम्पाङले उनी लक्षित अराजक टिप्पणी गरेका छन्।

सरुवा भएका सुनसरीका सिडिओप्रति लक्षित गर्दै धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बल्ल गएछ फटाहा! अर्कोले राम्रो गरोस्! कामना गर्छु!’, मेयर साम्पाङले सरुवा भएर गएका सिडिओमाथि अशिष्ट भाषा प्रयोग गरेका छन्। जुन धरानको संस्कार र संस्कृतिविपरीतको कुरा हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ