आकस्मिक बोलाइएको क्याबिनेटले सशस्त्रका ४ डिआईजीको पदावधि थप्ला?
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् (क्याबिनेट) बैठक बोलाएका छन् । पार्टीको बैठकमा व्यस्त प्रधानमन्त्री ओलीले अहिले ७ बजेलाई आकस्मिक क्याबिनेट डाकेका हुन्।
क्याबिनेटको आकस्मिक बैठकले सशस्त्र प्रहरीका ४ नायव महानिरीक्षक (डिआईजी) पदावधि थप्ने सम्भावना रहेको स्रोतले बतायो। सशस्त्र प्रहरीका ४ डिआईजीको ४ वर्षे सेवा अवधि मंगलबार राती १२ बजेबाट सँकिँदैछ। कानुन बमोजिम १ वर्ष पदावधि थप्न मिल्छ। डिआईजीहरु कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको पदावधि थप्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसकेको छ। क्याबिनेटले उनीहरूको पदावधि थप्ने निर्णय गर्ने सम्भावना रहेको बालुवाटार स्रोतले जनायो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस