सशस्त्र प्रहरीका चार डिआईजीको पदावधि थप, आईजीपी हुने बाटो खुल्यो

काठमाडौं। सशस्त्र प्रहरी बलका चार जना नायव महानिरीक्षक (डिआईजी)को एक वर्ष पदावधि थप्ने निर्णय भएको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डिआईजीहरु कमल गिरी, गणेश ठाडा मगर, शम्भु सुवेदी र कुलबहादुर नेम्वाङको एक वर्षका लागि पदावधि थप्ने निर्णय गरेको हो।
मंगलबार राति १२ बजेबाट ४ वर्षे सेवा अवधि सकिन लागेका सशस्त्र प्रहरीका डिआईजीहरू गिरी, ठाडा, नेम्वाङ र सुवेदीको १ वर्ष म्याद थपिएको हो। उनीहरूको म्याद थपिएसँगै एआईजी हुँदै आईजीपी हुने बाटो खुला भएको छ। एआईजी चन्द्रप्रकाश गौतम वैशाखमा अनिवार्य अवकाश भएपछि ४ जनामध्ये १ जना बढुवा हुनेछन्। यसअघि डिआईजी किशोर प्रधानको पनि एक वर्ष म्याद थपिएको थियो।
डिआईजी गिरी सशस्त्र प्रहरी मुख्यालयमा कार्यरत छन् ठाडा मगर नम्बर ३ बाहिनी बागमती प्रमुख,नेम्वाङ नम्बर ४ बाहिनी गण्डकी प्रमुख र सुवेदी नम्बर १ बाहिनी कोशीका प्रमुख हुन् । डिआइजीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाउनुअघि सरकारले सबैको एक वर्ष थप गरेको हो।
क्याटेगोरी : समाचारट्याग : #कमल गिरी, #कुलबहादुर नेम्वाङ, #गणेश ठाडा मगर, #शम्भु सुवेदी, #सशस्त्र प्रहरी बल डिआईजी
तपाईको प्रतिक्रिया दिनुहोस