नेपाल प्रहरी अस्पतालका ४ डाक्टर डिएसपीमा बढुवा सिफारिस


काठमाडौँ। नेपाल प्रहरी अस्पतालमा ४ जना डाक्टर डिएसपीमा बढुवाका लागि सिफारिस भएका छन्। प्राविधिकतर्फको स्वास्थ्य उपसमूह, चिकित्सकतर्फ कार्यरत उनीहरूलाई डिएपीमा बढुवाका लागि सिफारिस गरिएको हो।

प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट नायव उपरीक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस हुनेमा डा. सुष्मा केसी, डा. पूजा खड्का, डा. दिपक भिन्दवार र डा. अनुज श्रेष्ठ रहेका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #डा. अनुज श्रेष्ठ, #डा. दिपक भिन्दवार, #डा. पूजा खड्का, #डा. सुष्मा केसी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ