गृह मन्त्रालयको प्रवक्तामा रामचन्द्र तिवारी
काठमाडौं। गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी रामचन्द्र तिवारी पाएका छन्। यसअघिका प्रवक्ता ऋषिराम तिवारी काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेपछि उक्त ठाउँमा रामचन्द्र आएका हुन्।
गृहको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख समेत हेर्ने गरी रामचन्द्रलाई गृहको प्रवक्ता तोकिएको हो। २०८१ जेठ २३ गते सुनसरीको सिडिओ बनेका उनी ७ महिनापछि गृहमा आएका हुन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस