जिल्ला अस्पताल सुनसरी इनरुवाको मेसुमा डा. अमिताभ ठाकुर
सुनसरी । इनरुवास्थित जिल्ला अस्पताल सुनसरीको निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु)को जिम्मेवारी डा. अमिताभ ठाकुरले पाएका छन्। प्रदेश सरकार कोशीको स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल सुनसरीको मेसुमा डा. ठाकुरलाई पठाएको हो।
जिल्ला अस्पताल धनकुटाका मेसु रहेका डा. ठाकुरलाई कोशी प्रदेश सरकारले सुनसरीको मेसुमा सरुवा हो। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ठाकुर आठौं तहका मेडिकल अधिकृत हुन्। उनले जिल्ला अस्पतालको निमित्त मेसु भएर काम गर्ने छन्। २ वर्ष जिल्ला अस्पताल धनकुटाको निमित्त मेसु रहेका डा. ठाकुर नुवाकोटको त्रिशुली अस्पताल, सिन्धुली अस्पतालको समेत निमित्त मेसु भएर काम गरिसकेका चिकित्सक हुन। डा. ठाकुरले केही समय जिल्ला अस्पाताल उदयपुरमा समेत स्त्री तथा प्रसूति रोग विशेषज्ञको भूमिकामा काम गरेका थिए।
जिल्ला अस्पताल सुनसरीका निमित्त मेसु डा. सन्तोष राईलाई धनकुटा सरुवा गरेर इनरुवामा डा. ठाकुरलाई पठाइएको हो। दोहोऱ्याएर धनकुटाको मेसु बनेका डा. ठाकुरले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट एमडी गरेका हुन्। धनुषाका जन्मिएका डा. ठाकुर काठमाडौंको जोरपाटीमा बस्दै आएका छन्। उनी इनरुवा जस्तो संवेदनशील अस्पतालको मेसु बनेर जाँदैछन्।
जिल्ला अस्पताल सुनसरीका निमित्त मेसु राई इनरुवाबाट बिदाई भइरहेका छन्। धनकुटाका निमित्त मेसु डा. ठाकुर धनकुटाबाट बिदाई भएर इनरुवामा हाजिर हुने तरखरमा देखिन्छन्।
क्याटेगोरी : मेडिकल शिक्षा, समाचारट्याग : #जिल्ला अस्पताल सुनसरी इनरूवा, #डा. अमिताभ ठाकुर, #डा. सन्तोष राई जिल्ला अस्पताल सुनसरी मेसु
तपाईको प्रतिक्रिया दिनुहोस