ललिता निवास जग्गा किर्तेमा प्रतिवादी रहेका कानुन सचिव वैद्य सेवा निवृत्त
काठमाडौं। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते काण्डमा प्रतिवादी बनेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन सचिव सुशिल वैद्य सेवा निवृत्त भएका छन्। ५८ वर्षे उमेर हदका कारण उनी सेवा निवृत्त भएका हुन्। उनलाई प्रदेश मन्त्रालयका कर्मचारीले बिदाई गरेका छन्।
तत्कालीन मालपोत कार्यालय डिल्लीबजारको प्रमुख हुँदा वैद्य ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न रहेको आरोप छ। उक्त प्रकरणमा उनीमाथि किर्ते मुद्दा समेत अदालतमा विचाराधीन अवस्थामा छ। दाङको प्रमुख जिल्ला अधिकारी हुँदा किर्ते मुद्दा लागेपछि वैद्यको जिम्मेवारी खोसिएको थियो। त्यसपछि सुदूरपश्चिम प्रदेश पुगेका वैद्य त्यहीँबाट अवकाशमा गएका हुन्।
कोशी प्रदेशका प्रदेश सचिव विष्णुप्रसाद पौडेल पनि केही दिन अगाडि ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएका छन्। कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सहसचिव (प्रदेश सचिव) पौडेल गत पुस २३ गते सरकारी सेवा निवृत्त भएका हुन्।
क्याटेगोरी : समाचारट्याग : #सहसचिव विष्णुप्रसाद पौडेल, #सहसचिव सुशील वैद्य
तपाईको प्रतिक्रिया दिनुहोस