एमालेबाट काठमाडौंको वडाध्यक्ष बनेका विष्ट ठगी आरोपमा पक्राउ


काठमाडौं। २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट काठमाडौँ महानगरपालिका वडा नम्बर ४ को अध्यक्षमा निर्वाचित मोहनबहादुर विष्ट ठगी आरोपमा पक्राउ परेका छन्। काठमाडौं प्रहरीले उनलाई जग्गासम्बन्धी ठगी आरोपमा पक्राउ गरेको हो। पूर्ववडाध्यक्ष विष्टमाथि झन्डै ८ करोड ठगीको आरोप लागेको छ।

तारकेश्वरका राजेन्द्र कोइरालासँग धर्मस्थलीमाको जग्गामा ७ करोड ८७ लाख रुपैयाँ बैना लिएर जग्गा पास नगरिदिएपछि ठगी गरेको आरोपमा प्रहरीले पूर्ववडाध्यक्ष विष्टलाई पक्राउ गरेको हो। उक्त ठगी प्रकरणमा संलग्न रहेको भनिएका रबित विष्ट, सुलोचना कँडेल,  शान्ति पाठकलगायतलाई पनि प्रहरीले खोजी गरिरहेको छ। पूर्ववडाध्यक्ष विष्टलाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान दायरामा ल्याएको हो।

पूर्ववडाध्यक्ष विष्टविरुद्ध यसअघि पनि किर्ते गरेर वृद्धभत्ता हिनामिना गरेको अभियोगमा मुद्दा दायर शाको थियो। लिखत किर्तेसम्बन्धी मुद्दा दायर भएका विष्ट फेरि ठगीमा पक्राउ परेका हुन्। ०७७ को असारमा स्थानीय ९६ वर्षीया चिजमाया लिम्बूको तीन महिनाको वृद्धभत्ता हिनामिना भएको आरोपमा विष्टविरुद्ध किर्ते मुद्दा दायर भएको थियो। किर्ते काण्डपछि पूर्ववडाध्यक्ष विष्ट ठगी काण्डमा परेका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #मोहनबहादुर विष्ट

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ