टुँडिखेल कार्यकर्तालाई दिने अध्यादेश ल्याएको भन्दै बालेनले दिए बधाई!
काठमाडौं। सरकारले टुँडिखेल कार्यकर्तालाई दिने अध्यादेश ल्याएको भन्दै काठमाडौं महानगरपालिकाक मेयर बालेन्द्र शाह (बालेन)ले दिए बधाई दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार भूमि सम्बन्धी अध्यादेश जारी गरेसँगै बालेनले यस्तो टिप्पणी गरेका हुन्।
‘अब खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई।’, बालेनले सामाजिक सञ्जालमा लेखेका छन्। सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपति पौडेलद्वारा जारी भएपछि अब खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएको बालेनको टिप्पणी छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले जारी गरेको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई निशुल्क र अव्यवस्थित बसोबासीलाई तोकिएको दस्तुरमा जग्गाको स्वामित्व दिने व्यवस्था गरिएको छ। यो व्यवस्थाले कार्यकर्तालाई सरकारी जग्गा बाँड्न सहज हुने देखिन्छ।
त्यस्तै हदबन्दीमा छुट दिइएको तर हदवन्दी बढीको जग्गा बिक्रि गर्न रोक लगाउने कानुनमा परिवर्तन गरी त्यस्तो जग्गा स्वीकृति लिई तोकिएको अबधि भित्र विकसित गरी घरघडेरी विक्रि गर्न पाउने तर सार्वजनिक प्रयोजनको लागि छुट्याइएको जग्गालाई धितो बन्धक राख्न, बिक्रि गर्न नपाउने व्यवस्था गरिएको छ । नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले यस्तो अध्यादेश ल्याएको हो। प्रधानमन्त्री ओलीले उक्त अध्यादेशमा सरकारमा रहेका दलहरू एकमत रहेको दाबी गरेका छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस