नारायणबाबु थापाको नेतृत्वमा पूर्वसशस्त्र प्रहरी संघको नयाँ कार्यसमिति चयन
काठमाडौं।नारायणबाबु थापाको नेतृत्वमा नेपाल पूर्वसशस्त्र प्रहरी संघको नयाँ कार्यसमिति चयन भएको छ। नेपाल पूर्वसशस्त्र प्रहरी संघको १७ औं साधारणसभा तथा छैठौं अधिवेशनले पूर्वसशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।
थापाको नेतृत्वमा ३९ सदस्यीय कार्य समिति चयन भएको छ। थापा नेतृत्वको नयाँ कार्यकारिणी समितिका वरिष्ठ उपाध्यक्षमा सुवोधकुमार अधिकारी (पूर्वएआईजी), महाविर गुरूङ (पूर्वडिआईजी), र प्रल्हाद केसी (पूर्वएसएसपी) सर्वसम्मत रुपमा चयन भएका छन्। उपाध्यक्षमा पूर्वडिआईजी नगेन्द्रबहादुर थापा (केन्द्र), पूर्वडिआईजी नरेन्द्रकुमार सिंह (मधेश प्रदेश), पूर्वडिआईजी अभिकुमार खत्री (कर्णाली प्रदेश), पूर्वएसएसपी चिरञ्जीवी कुँवर (बागमती प्रदेश), पूर्वएसएसपी महेशकुमार श्रेष्ठ (कोशी प्रदेश), पूर्व एसएसपी जनकबहादुर बोहरा (सुदूरपश्चिम प्रदेश), पूर्वएसएसपी रविन्द्र मल्ल (गण्डकी प्रदेश) र पूर्वएसपी कविराज श्रेष्ठ (लुम्बिनी प्रदेश) रहेका छन्।
त्यस्तै महासचिवमा पूर्वएसएसपी प्रेमराज पोख्रेल, उपमहासचिवमा पूर्वएसएसपी नेत्रकुमार खत्री, सचिवमा पूर्वएसएसपीद्वय जयबहादुर खड्का र राघव सिंह थापा चयन भएका हुन्। त्यस्तै सहसचिवमा पूर्वडिएसपी चानकप्रसाद कुईंकेल, कोषाध्यक्षमा पूर्वडिएसपी दिलकुमार घिमिरे र सहकोषाध्यक्षमा पूर्व वरिष्ठ हवल्दार पदमराज टेलर चयन भएका हुन्।
निवर्तमान अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापाले नवनिर्वाचित अध्यक्षलाई र नवनिर्वाचित अध्यक्षबाट वरिष्ठ उपाध्यक्षलगायतका पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराई वुझवुझारथ र जिम्मेवारी हस्तान्तरणको कार्य सम्पन्न भई नवनिर्वाचित कार्यकारिणी समितिले कार्य प्रारम्भ समेत गरिसकेको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस