कोशी प्रदेशका पूर्वमुख्यमन्त्री थापा झापाको सुरुङ्गामा कुटिए, देब्रे आँखामा चोट
काठमाडौं। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा झापाको सुरुङ्गामा कुुटिएका छन्। नेपाल प्रेस युनियनको कार्यक्रममा सहभागी भएर निजी निवास फर्किने क्रममा आफूमाथि हातपात भएको थापाले बताएका छन्। नेपाल विद्युत प्राधिकरणको गाडीका चालकले आफूमाथि आक्रमण गरेको थापाको भनाइ छ। ‘ आफ्नो पिएसओले सबै कुरा बताउँदाबताउँदै त को भिआईपी होस् ओभरटेक गर्ने आगो नियन्त्रण का लागि हामी हिँडेका हौं’ भनेर आक्रमण गरेको उनले सुनाए। कुटपिटबाट देब्रे आँखामा चोट लागेको उनको दाबी छ।
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका समेत रहेका थापा नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिक साधारण सभाको प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। विद्युत प्राधिकरणको गाडीको चालकसँग विवाद हुँदा एक्कासी आफूमाथि आक्रमण भएको थापाको दाबी छ। आँखामा चोट लागेपछि बिर्तामोडको बिर्तासिटी अस्पतालमा ‘ड्रेसिङ’ गरेर घर फर्किएको उनले बताए। अहिले पनि आँखा हेर्न समस्या भएको र सुनिएको थापाले सुनाए। पछिल्लो समय नेताहरु असुरक्षित बन्दै गएको देखिन्छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस