अधिकारीहरुद्दारा सुर्तीजन्य पदार्थ सम्बन्धि कानून कार्यान्वयनको लागि साझा कार्ययोजना तयार


पाेखरा। अधिकारीहरुद्दारा सुर्तीजन्य पदार्थ सम्बन्धि कानून कार्यान्वयनको लागि साझा कार्ययोजना तयार भएको छ । गण्डकी प्रदेशमा सुर्तीजन्य पदार्थका कानून कार्यान्वयनको लागि साझा कार्ययोजना तयार पारेको हाे।

कास्कीमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनलाई प्रभावकारी बनाउने उद्देश्यले एक दिने अन्तरक्रिया कार्यक्रम संचालन गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव डा रोशन पोख्रेलले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनको लागि कानूनको कार्यान्वयन केही कमजोरी रहेको र सोको प्रभावकारी कार्यान्वयन गर्न संघ प्रदेश र स्थानीय सरकारको साझा दायित्व रहेको र संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यसको लागि सहयोग गर्न सधै तत्पर रहेको धारणा व्यक्त गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक तथा सु्र्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका विज्ञ डा भक्त बहादुर केसीले सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमनको लागि प्रभावकारी कार्यान्वयनका उपाय र स्थानीय सरकार तथा प्रदेश सरकारका जिम्मेवारी बारे स्पस्ट पारे ।

गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयकाका सचिव डा विनोद विन्दु शर्माले सुर्तीजन्य पदार्थको कार्यान्वयन गर्न प्रदेश सरकारले गरेका केही अभ्यास सहित सुर्तीजन्य पदार्थको प्रयोगको अवस्थाबारे बताए ।

स्वावस्थ्य तथा जनसंख्या मन्त्रालय कानून उपसचिव गोपीकृण्ण रेग्मीले नेपालमा सुर्तीजन्य पदार्थका कानूनी व्यवस्था बारे प्रस्ट पारे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ