ट्रम्पको आगमनले नेपालकाे गर्भपतन सेवामा बाधा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गर्भपतन सेवामा गर्दै आएको संघीय बजेटमा कटौती गर्ने भएको छ । अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि शपथग्रहण गर्न लाग्दा उनको विदेश नीतिका विभिन्न असर नेपालसम्म पुगेकाे छ ।
गर्भपतनका क्षेत्रमा लगानी गरेकाे अमेरिकाले अब भने कटौती गर्ने छ । नेपाल जस्ता कयौं देशहरुमा अमेरिकाको सहयोगमा चल्दै आएको सुरक्षित गर्भपतन सेवा डगमगाएकाे छ । ट्रम्पले पहिलो निर्णयमै समावेश गर्ने भएका छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस