“सरकार, UNDP, र Global Fund बीच TB, मलेरिया र HIV नियन्त्रणका लागि महत्वपूर्ण समझौता”
काठमाडौं । लामाे समयको विवादका बीच नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युएनडिपी र ग्लाेबल फन्ड बीच क्षयरोग, मलेरिया र एचआइभी नियन्त्रणमा काम गर्न महत्त्वपूर्ण सम्झौता भएको छ ।
ग्लाेबल फन्डमा नयाँ पीआर भएपनि कार्यक्रम अगाडि बढाउन सम्झौता भएको थिएन । युएनडिपीले एसआर छान्न सकेकाे थिएन । यस बिचमा शुक्रबार एक कार्यक्रम गर्दै तिन वर्षका लागि ग्रान्ड सम्झौता भएको हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा टंक बराकाेटीले ठुलाे संघर्षबाट सम्झौता सफल भएको बताए । उनले अक काम अगाडि बढ्ने बताए ।
ग्लोबल फन्डले ४ मिलियन नेपाल सरकारलाई पीआर दिएको छ । उता युएनडिपीलाई ४७ मिलियनमा पीआर बनाएको छ । मलेरियामा सबै सरकार पीआर छ ।
ग्लाेबल फन्डले कम्युनिटीकाे माध्यमद्दारा क्षयरोग, मलेरिया र एचआइभीमा काम गर्दै आएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस