ललितपुरमा पनि नेशनल प्याथ ल्याबको शाखा सञ्चालनमा


काठमाडौं । नेशनल प्याथ ल्याब (एनपीएल)ले १२ औं शाखा ललितपुरको लगनखेलमा खाेलेकाे छ । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसालले नेशनल प्याथ ल्याबको ‘साइटोजेनेटिक्स र मोलिक्युलर प्याथोलोजी’ शाखाको उद्घाटन गरे ।

लगनखेलस्थित कर्मचारी संचय कोष भवनमा १५ करोड रुपैयाँ लागतमा स्थापना भएको उक्त प्रयोगशालामा ‘सामान्य जाँचदेखि विशेष प्रकारका जाँचहरु’ अत्याधुनिक उपकरण र दक्ष प्राविधिक जनशक्तिकाबाट उपलब्ध गराइने एनपीएलका प्रबन्ध निर्देशक पवन जोशीले जानकारी दिए ।

ललितपुर शाखा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा मोलिक्युलर, जेनेटिक्स र साइटोजेनेटिक्स सम्बन्धि परीक्षण गर्ने प्रयोगशालामा सूचीकृत छ । यो शाखामार्फत नेपालमा पहिलो पटक एकै छानामुनि नेक्स्ट—जेनेरेशन सिक्वेन्सिङ (एनजीएस), साइटोजेनिटिक्स र फिस तथा नवजात शिशु परीक्षणजस्ता सुपरस्पेशियालिटी परीक्षण हुनेछन् ।

नेक्स्ट–जेनेरेशन सिक्वेन्सिङ (एनजीएस) प्रविधि जटिल जेनेटिक परीक्षणका लागि प्रयोग गरिन्छ। यसले रोग पहिचान, क्यान्सर प्रगतिका चरणहरू र अनुवांशिक रोगहरूको निदान र उपचारमा महत्तत्वपूर्ण योगदान पु¥याउँछ । यो प्रविधिद्वारा एनआईपीटी र क्यान्सरको Precision Medicine का लागि गर्नैपर्ने ‘जीन स्तरीय’ जाँचहरु गरिन्छ ।

साइटोजेनेटिक्स र फिस परीक्षणले क्रोमोजोमहरूको संरचना र संख्यामा हुने परिवर्तनहरूको अध्ययन गर्दछ । क्यान्सर र अन्य जेनेटिक विकारहरूको सटिक निदानका लागि यो सेवाले अभूतपूर्व सुधार ल्याउने प्रयोगशालाले जनाएको छ । यस्तै, नवजात शिशु परीक्षणअन्तर्गत नवजात शिशुमा खतराजन्य अवस्थाहरू जस्तैः जन्मजात थाइराइड समस्या, कन्जेनिटल एड्रिनल हाइपरप्लेसिया, सिस्टिक फाइब्रोसिस र ग्यालाक्टोसेमियाजस्ता समस्याहरू समयमै पत्ता लगाउन सकिनेछ ।

नेशनल प्याथ ल्याबका प्रबन्ध निर्देशक जोशीले प्रयोगशाला देशकै अनुवांशिक अनुसन्धान स्रोत केन्द्रका रुपमा विकास हुने विश्वास व्यक्त गरे । उनले जेनेटिक सम्बन्धि राष्ट्रियस्तरमा विभिन्न अनुसन्धान गर्न नेपाल सरकारसँग सार्वजनिक निजी साझेदारी गर्न तयार रहेको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले स्वदेशमै विशिष्टीकृत परिक्षण सेवाहरु प्रदान गरिरहेका निजि प्रयोगशालाहरुसँग सार्वजनिक निजी साझेदारी गर्ने प्रतिबद्धता जाहेर गरे ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुषालले भने, नेपालमा यतिको प्रविधियुक्त गुणस्तरीय प्रयोगशाला हुनु सारा नेपालीहरुको लागि गर्वको विषय भएको र यसबाट धेरैभन्दा धेरै लाभ लिनको लागि सम्पूर्ण सरोकारवालाहरुलाई आग्रह गरे ।

वरिष्ठ स्त्री तथा प्रसुति रोग बिशेसज्ञ डा. भोला रिजालले ऐलेको आवश्येकता बुझेर ठूलो जोखिम मोली यो स्तरको प्रयोगशाला संचालन गरेकोमा नेशनल प्याथ ल्याबलाई बधाई तथा शुभकामना दिए ।

क्याटेगोरी : समाचार
ट्याग : ##NPl Lab, ##pawan joshi

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ