ओम अस्पतालमा डोजर लगाएपछि मिचिएका सरकारी जग्गा सरकारले फिर्ता ल्याउने प्रकाशमानको उद्‌घोष


काठमाडौं। उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले मिचिएका सरकारी जग्गा सरकारले फिर्ता ल्याउने घोषणा गरेका छन्। आज (शनिबार) बुद्धनगर टोल सुधार समितिले आयोजना गरेको विशेष कार्यक्रममा सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंह कै नेतृत्वमा रहेको काठमाडौं उपत्यका विकास प्राधिकरणले ओम अस्पतालको अवैध पर्खालमा डोजर लगाएको थियो। उनकै निर्देशनमा प्राधिकरणले सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउन सुरु भएको छ। सिंहले शनिबार सार्वजनिक जग्गा अतिक्रमण भएको थाहा पाए सरकारले फिर्ता ल्याउने उद्घोष गरेका छन्।

काठमाडौं उपत्यका विकास प्राधिकरणले विशेष गरी धोबीखोला क्षेत्रमा सरकारी जग्गामा भएको अतिक्रमण सुरु गरेको छ। सरकारी जग्गामा भएको अतिक्रमण हटाउन मन्त्री सिंहले काठमाडौं उपत्यका विकास प्राधिकरणलाई निर्देशक दिएका छन्। त्यसैअनुरूप काठमाडौं उपत्यकामा अतिक्रमणमा परेका सरकारी जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु भएको हो। प्राधिकरणले अतिक्रमित संरचना हटाउन माइकिङ समेत सुरु गरिसकेको छ। ओम अस्पतालको अवैध संरचनामा त डोजर समेत लागिसकेको छ।

त्यस्तै उपप्रधानमन्त्री सिंहले व्यवस्था परिवर्तन सँगसँगै देशमा विकास पनि भैरहेको बताए। तर, एकथरीले अहिलेपनि व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नभएको भनेर गलत भाष्य बनाएको भन्दै उनको आक्रोश थियो। बुद्धनगरमा पनि ठूलो परिवर्तन भैसकेको उनको दाबी छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ