सेभले दिएको सात गाडी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा हस्तान्तरण
काठमाडौं । सरकारले सेभ द चिल्ड्रेनले दिएको सात गाडीलाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पठाएको छ । उक्त गाडीको दुरुपयोग हुने त्रासका बीच स्वास्थ्य सेवा बिभागले सातै प्रदेशको आपूर्ति व्यवस्थापन केन्द्र पठाएको हाे ।
गत पुस १४ गते सेभ द चिल्ड्रेनले सरकारलाई सात गाडी हस्तान्तरण गरेकाे थियाे । साेही गाडी विभागले प्रदेशमा वितरण गरेकाे हाे ।
सात वटा गाडी उपलब्ध गराएकाे छ । १ कराेड ९४ लाखमा खरिद गरिएका सातवटा गाडी स्वास्थ्य सेवा बिभागले औपचारि रुपमा प्रदेशमा आपूर्ति व्यवस्थापन केन्द्र पठाएको हाे ।
अधिकारीहरुले उक्त गाडी स्वास्थ्य सामग्री ढुवानीमा प्रयाेग हुने बताएका छन् । सुरुमा तिन वटा मात्रै गाडी दिने तयारी गरेकाे सेभले स्वास्थ्य सेवा बिभागकाे महानिर्देशककाे आग्रह अनुसार चार वटा थपेर सात प्रदेशका लागि किनेकाे हाे ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस