“राजनीतिक द्धन्द्धको सिकार बालबालिका”, संघमा उफ्रने प्रदीपलाई स्थानीय सरकारको चुनौती


काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप निशुल्क दिने भएको छ । त्यसका लागि एक महिने अभियान देशभर चलाउन लागेको छ ।

‘ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन’ (गाभी)को सहयोगमा देशभरका १० देखि १४ वर्षसम्मका बालबालिकाई ह्युमन प्यामिलोमा भाइरसविरुद्धको खोप दिन लागिएको हो । २०८१÷१०÷२२ देखि २०८९÷११÷०६ गते भित्रमा अभियान मार्फत ज्एख् खोप सचालन गर्न पुर्व तयारीका कामहरु भइरहेका छन् ।

सरकारले खोपलाई एक अभियानका रुपमा अगाडी बढाउने निर्णय गर्दा केही पालिकाहरु त्यसको विरुद्धमा उभिएका छन् । आन्तरिक राजनीतिक द्धन्द्धले गर्दा खोप अभियान नगर्ने भएका छन् । राजनीतिक “द्धन्द्धको सिकार” बालबालिका परेका छन् । संघमा जथाभाबी उफ्रने मन्त्री प्रदीप पौडेलका लागी यो भन्दा ठुलो झटारो अर्को हुनै सक्दैन ।

स्वास्थ्य लाइभले पाएको जानकारी अनुसार पर्सा, सप्तरी, धनुषा लगायत एक दर्जन जिल्लाका बिभिन्न पालिकाले खोप अभियान सञ्चालन नगर्ने भएका हुन् । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार करिब देशभर १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार बालिकालाई खोप लगाउने योजना रहेको छ ।

राजनीतिक द्धन्द्धले ओतप्रोत भएको बहुदरमाई नगरपालिकाले तोके अनुसारको कार्यक्रम सञ्चालन गर्न नसकिने स्पष्ट पार्दै परिपत्र समेत गरेको छ । नगरपालिकाले पत्र पठाउँदै भनेको छ, “पालिका स्तरमा सचालन गरिनुपर्ने क्रियाकलापहरु यस बहुदरमाई नगरपालिका भित्रको आन्तरिक विवादका कारण आर्थिक कारोवार संचालन हुन नसकेकोले नेपाल सरकारबाट ज्एख् खोप अभियान संचालन गर्न विनियोजन भएको बजेट खर्च गरी निर्देशिकाले तोके अनुसारको कार्यक्रम समयमा सचालन गर्न गराउन नसकिने अवस्थाका कारण ज्एख् खोप राष्ट्रिय अभियान प्रभाववित हुने देखिको छ ।”

पत्रमा भनिएको छ, स्वास्थ्य कार्यालय, पर्साबाट नै आवश्यक बजेटको ब्यवस्था मिलाई ज्एख् खोप अभियान २०८१ को निर्देशिका अनुसार स्थानिय तहले सचालन गर्नु पर्ने तपसिलका क्रियाकलापहरु संचालन गरी गराई दिन अनुरोध छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ