काठमाडौं महानगरपालिकाले फेरि गऱ्यो सार्वजनिक स्थानमा फोहोरमैला फाल्न निषेध
काठमाडौं। काठमाडौं महानगरपालिकाले फेरि सार्वजनिक स्थानमा फोहोरमैला फाल्न निषेध गरेको छ। काठमाडौं महानगरपालिकाले सूचना नै जारी गरेर सार्वजनिक स्थानमा फोहोरमैला फाल्न निषेध गरेको हो। महानगरले जारी गरेको यो सूचना पहिलो भने हैन। सार्वजनिक स्थानमा फोहोरमैला फाल्न निषेध सूचना काठमाडौं महानगरपालिकाले जारी गर्दे आएको छ।
सार्वजनिक स्थानमा फोहोरमैला फाल्न निषेध गरिएको बारे अत्यन्तै जरूरी सूचना
काठमाडौं महानगरपालिका क्षेत्रका घर, कम्पाउण्ड तथा परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्ने जस्ता कार्यले शहर फोहोर तथा दुर्गन्धित हुने साथै जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने हुँदा यस्ता कार्य गर्न प्रतिवन्ध लगाइएको जानकारी गराइन्छ। साथै यस्ता कार्यहरू कहीँकतै कसैले गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५२ (च) वमोजिम पाँच हजार रुपियाँदेखि पन्ध्र हजार रुपियाँसम्म जरिवाना हुने व्यहोरा सम्बन्धित सबैमा यो सूचनामार्फत जानकारी गराइन्छ ।
वातावरण व्यवस्थापन विभाग
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस