परराष्ट्रमन्त्री राणा थाइल्याण्डमा, मन्त्रालयको कार्यकक्ष तोडफोडमा
काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवा अहिले थाइल्याण्डमा छिन्। उपचारको शिलशिलामा थाइल्याण्ड गएको भनिएकी परराष्ट्रमन्त्री आरजु एक सातादेखि उतैछिन्। उनी अझै एक-दुई थाइल्याण्डमै रहने परराष्ट्रका अधिकारीहरू बताउँछन्।
आरजु थाइल्याण्ड गएका बेला मन्त्रीको कार्यकक्ष बने तोडफोड गरिएको छ। मन्त्री थाइल्याण्ड गएका बेला उनको कार्यकक्षलाई सिंगार्ने नाममा लाखौं खर्च गरेर भइरहेको कार्यकक्ष तोडफोड गरिएको हो।
नेपालमा आवश्यकभन्दा पनि बजेट सक्ने उद्देश्यले यस्तो काम गरिन्छ। परराष्ट्रमा भने मन्त्रीलाई खुसी पार्न नयाँ कार्यकक्ष बनाउन लगिएको हो। एक सातादेखि परराष्ट्रमन्त्री थाइल्याण्ड हुँदा पनि मन्त्रालय र देश चलेकै छ। मन्त्रीको कार्यकक्ष निर्माणका नाममा ‘उल्फाको धन फुपूको श्राद्ध’ भने जस्तै परराष्ट्र मन्त्रालयमा भएको छ। यो बेथितिको नमूना हो। नेपालमा यस्तै यस्तै गरी राज्यकोष स्वाहा गर्ने गरिन्छ। मुलुक आर्थिक संकटमा जुधिरहेका बेला राज्यकोष स्वाहा पार्नेमा परराष्ट्र मन्त्रालय अगाडि देखिएको छ।
चाहे नियोग र दरबन्दी थप्नेमा होस् या मन्त्री र मन्त्रालयका उच्च अधिकारीको कार्यकक्ष बनाउने नाममा होस् परराष्ट्र मन्त्रालयले राज्यको ढुकुटीमा रजाइँ र दोहन गरिरहेको छ। देशलाई कसरी लुट्ने र कंगाल बनाउने हो भनेर परराष्ट्रका अधिकारीहरूलाई राम्रोसँग थाहा छ।
क्याटेगोरी : समाचारट्याग : #आरजु राणा परराष्ट्रमन्त्री, #परराष्ट्र मन्त्रालय
तपाईको प्रतिक्रिया दिनुहोस