अमेरिकामा अवैध आप्रवासी बस्ने ५० औं देशको सूचीमा नेपाल, दक्षिण एसियामा छैटौं
काठमाडौं अमेरिकाले सार्वजनिक गरेको अवैध आप्रवासीको सूचीमा नेपाल ५० औं स्थानमा परेको छ। अमेरिकी अध्यागमन कार्यालयले तयार पारेको अवैध आप्रवासी बस्ने सूची हेर्दा नेपाल ५० औं स्थानमा परेको हो। अमेरिकामा सबैभन्दा बढी अवैध आप्रवासी होण्डुरसका रहेका छन्। होण्डुरसका मात्रै २ लाख ६१ हजार ६ सय ५१ जना आप्रवासी रहेको अमेरिकी अध्यागमनले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। नेपालका १३ सय ६५ जना अवैध आप्रवासी अमेरिकामा रहेका छन्। अमेरिकाले तिनीहरूलाई नेपाल फर्काउने तारतम्य मिलाइरहेको छ। राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि आप्रवासीहरुको उठिवास हुन लागेको हो।
अमेरिकामा अवैध आप्रवासी रहेको देशको सूचीमा भने छैटौं स्थानमा नेपाल रहेको छ। पहिलो स्थानमा भारत रहेको छ। भारत १७ हजार ९ सय ४० जना अवैध आप्रवासी अमेरिकामा रहेका छन्। त्यसपछि दोस्रो स्थानमा परेको पाकिस्तानका ७ हजार ७ सय ६० जना अवैध आप्रवासी रहेको सूचीमा देखिन्छ। पाकिस्तानपछि बंगलादेशका ४ हजार ८ सय ३७ जना अवैध आप्रवासी अमेरिकामा रहेको पाइन्छ। श्रीलंका ३ हजार ६५ जना र अफ्गानिस्तान १७ सय ८ जना अवैध आप्रवासी अमेरिका रहेका छन्। त्यसपछि मात्र दक्षिण एसियामा नेपाल परेको हो।
चीनका मात्र ३७ हजार ९ सय ८ जना अवैध आप्रवासी अमेरिकामा छन्। ती चिनियाँलाई अमेरिकाले चीन पठाउने तयारी गरिरहेको छ । अमेरिकामा १४ लाख ४५ हजार ५ सय ४९ जना अवैध आप्रवासी रहेको अमेरिकी अध्यागमनले जनाएको छ।
हेर्नुहोस् अमेरिकामा रहेका अवैध आप्रवासी
होण्डुरस २ लाख ६१ हजार ६ सय ५१
ग्वाटेमाला २ लाख ५३ हजार ४ सय १३ जना
मेक्सिको २ लाख ५२ हजार ४४ जना
साल्भाडोर २ लाख ३ हजार ८ सय २२ जना
निकारागुवा ४५ हजार ९ सय ५५
क्युवा ४२ हजार ८४ जना
ब्राजिल ३८ हजार ६ सय ७७ जना
चीन ३७ हजार ९ सय ८ जना
हाईटी ३२ हजार ३ सय ६३ जना
इक्वेडर ३१ हजार २ सय ५२ जना
टर्की ३१ हजार ३ जना
कोलम्बिया २७ हजार ३ सय ८८ जना
भेनेजुएला २२ हजार ७ सय ४९ जना
भारत १७ हजार ९ सय ४० जना
पेरू १३ हजार ७ सय ६९ जना
डोमेनिकन गणतन्त्र १२ हजार ६ सय ९९ जना
भियतनाम ८ हजार ६ सय ७५ जना
पाकिस्तान ७ हजार ७ सय ६० जना
जमैका ५ हजार १ सय २० जना
लाओस ४ हजार ८ सय ५० जना
बंगलादेश ४ हजार ८ सय ३७ जना
रोमानिया ४ हजार ४ सय ४५ जना
इण्डोनेसिया ४ हजार २ सय ७६ जना
सोमलिया ४ हजार ९० जना
मॉरीतानिया ३ हजार ८ सय २२ जना
फिलिपिन्स ३ हजार ७ सय ७२ जना
नाइजेरिया ३ हजार ६ सय ९० जना
रसिया ३ हजार ५ सय १८ जना
घाना ३ हजार २ सय २८ जना
श्रीलंका ३ हजार ६५ जना
अर्मेनिया २ हजार ८ सय ८ जना
इरान २ हजार ६ सय १८ जना
पोल्याण्ड २ हजार ३ सय ३ जना
इराक २ हजार २ सय ९९ जना
कोस्टारिका २ हजार १ सय १६ जना
ग्युनिया १८ सय ९७ जना
अल्बानियाका १८ सय ७४ जना
युक्रेन १८ सय ६२ जना
कम्बोडिया १७ सय ४७ जना
क्यामरून १७ सय ३६ जना
इथोपिया १७ सय १३ जना
अफ्गानिस्तान १७ सय ८ जना,
सेनेगल १६ सय ८९ जना
जोर्डन १६ सय ६० जना
सिरिया लियोन १५ सय ६३ जना
लाइबेरिया १५ सय ६३ जना
इजिप्ट १४ सय ६१ जना
नाम नखुलेको देश १४ सय ५१ जना
बोलिभिया १३ सय ६६ जना
नेपाल १३ सय ६५ जना
क्यानडा १२ सय ९० जना
केन्या १२ सय ८२ जना
गुयाना १२ सय ३७ जना
कोरिया १२ सय २९ जना
आइभरी कोस्ट १२ सय २४ जना
टोबागो ११ सय ९७ जना
बेलायत ११ सय ५७ जना
इजरायल ११ सय ४८ जना
अर्जेन्टिना ११ सय ४४ जना
चिली ११ सय ३७ जना
कंगो १ हजार ६८ जना
लेवनान १ हजार ५५ जना
जाम्बिया १ हजार ३५ जना
सुडान १ हजार १२ जना
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस