ग्रान्ड सुरु हुन १ दिन बाँकी रहँदासम्म एसआर, एचआरको टुङ्गो छैन
काठमाडौँ । क्षयरोग, मलेरिया र एचआइभी कार्यक्रमका लागि तीन वर्षे ग्लोबल फन्डको ग्रान्ड सुरु हुन एक दिन मात्रै बाँकी छ । फेब्रुअरी १ बाट नयाँ ग्रान्ड सुरु हुँदै छ । तर, ग्रान्ड सुरु हुन एक दिन बाँकी रहँदासम्म पनि एसआर र एचआरको टुङ्गो लागेको छैन ।
सेभ द चिल्ड्रेनले काम गर्न नसकेको आरोपकाबीच तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र डा. सङ्गीता कौशल मिश्राको जोडबलमा अवैध तरिकाले पीआर खोसेर युएनडिपीलाई दिएको थियो। तर, कार्यक्रम नै प्रभावित हुने गरि योजना अगाडि नबढ्दा समेत विगतका पात्रहरू बोलेका छैनन् ।
अहिलेसम्म कुनै तयारी नहुनु र विगतमा भएका अवैध गतिविधिमा संलग्न अधिकारीहरू मौन बस्नुको पछाडि केही रहस्य अवश्य लुकेको देखिन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका एक जना अतिरिक्त सचिव डा. टङ्क प्रसाद बाराकोटी ढिला भएको स्वीकार गर्छन् तर, यसले समस्या नल्याउने बताउँछन् ।
सेभबाट पीआर खोसेर महत्वपूर्ण क्षेत्रमा युएनडिपी र केही विषयमा सरकार पीआर बनेको छ । यी दुवै निकायले अहिलेसम्म एसआर र एचआरको अन्तिम टोगो लगाएका छैनन्। उनीहरू पुरानै एनजिओबाट काम गराउँने पक्षमा देखिएका छन् । अधिकारीहरूले सरकार र युएनडिपीकै अवस्था ग्लोबल फन्डमा नाजुक देखेको बताएका छन् ।
अमेरिकी सरकारले दिँदै आएको सहयोग ९० दिनका लागि निलम्बनमा परेको छ। यो निलम्बनसँगै एचआइभीको अन्य कार्यक्रम प्रभावित भएको छ । ग्लोबल फन्डमा समेत अमेरिकी सरकारको कम्तिमा ४० प्रतिशत लगानी रहेको छ । यो रकम के हुन्छ कसैलाई चासो छैन ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेल जथाभावी मनलाग्दी रुपमा बोल्दै हिँडेका छन्। स्वास्थ्यमामन्त्री भएर आउनेबाहेक उनको सुधारको लक्ष्य, उद्देश्य, योजना केही देखिएको छैन ।
रातो किताबमा राखेको अमेरिकी सरकारको सहयोग समेत रोकिएको अवस्थामा स्वास्थ्यका महत्वपूर्ण कार्यक्रम ९० दिन रोकिएको आस्थामा कसरी अगाडि बढ्न उनलाई चासो चिन्ता केही छैन । डा. बाराकोटी स्वास्थ्यले चिन्ता गर्ने भन्दा पनि यसमा अर्थको विषय भएको बताउँछन् । ‘हामीले हैन, अर्थले चिन्ता गर्ने हो’, डा. बाराकोटी भन्छन् ।
अहिलेसम्म एसआर, एचआर छान्न नसक्नुमा सरकार र युएनडिपी कै क्षमता र तयारीमा प्रश्न उठेको छ । यही पाराले ग्लोबल फन्डका कार्यक्रम प्रभावित मात्रै हुने हैन, एचआइभी र क्षयरोगका बिरामीलाई ठूलो असर पर्ने छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचारट्याग : ##Global Found, ##mohp nepal, ##save The Children
तपाईको प्रतिक्रिया दिनुहोस