१ सय ५७ वर्ष पुरानो डिल्लीबजार राम मन्दिरको घण्टी


काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर ३० डिल्लीबजारस्थित राम मन्दिरमा १ सय ५७ वर्ष पुरानो घण्टी रहेको छ। रामचन्द्र बाहालका नामले समेत चिनिने चारखाल मोडको राम मन्दिरको घण्टी हेर्दा त्यो मन्दिरको ईतिहास त्योभन्दा पुरानो रहेको अनुमान लगाउन सकिन्छ। 

मन्दिर परिसर रहेको घण्टीमा विक्रम सम्वत् १९२४ साल वैशाख ११ राज ४ लेखिएको छ। गोश्वारा हुलाकसँगै जोडिएको १ सय ५७ वर्ष पुरानो घण्टी भेटिएको उक्त मन्दिर अहिले अतिक्रमणको चपेटामा परेको हो। राम मन्दिरको जग्गा गुठीका नाममा भूमाफियाले आँखा गाढ्न थालेको स्थानीयहरु बताउँछन्।

प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार पुरातत्त्व विभागको संरक्षण र रेखदेखमा उक्त मन्दिर हुनुपर्ने हो। तर, काठमाडौं महानगरपालिका वडा नम्बर ३० ले उक्त ठाउँमा कार्यालय भवन बनाउने कसरत गरेपछि स्थानीयहरु चिन्तित बनेका छन्। उनीहरू ऐतिहासिक राम मन्दिरको संरक्षण हुनुपर्ने र त्यहाँ कुनै किसिमको संरचना बनाउन नहुने पक्षमा देखिन्छन्। पुरातत्त्व विभागले उक्त राम मन्दिरको संरक्षण गर्न तत्काल कदम चाल्नु पर्ने देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #१ सय ५७ वर्ष पुरानो घण्टी, #डिल्लीबजार राम मन्दिर, #पुरातत्त्व विभाग, #रामचन्द्र बाहाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ