नेपाल बारले बनायो निर्वाचन समिति, चैत २३ गते चुनाव


काठमाडौं। नेपाल बार एसोसिएसनले केन्द्रीय निर्वाचन समिति बनाएको छ। वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाको संयोजकत्वमा निर्वाचन समिति गठन भएको नेपाल बारका केन्द्रीय सदस्य गुणराज आचार्यले जानकारी दिए। निर्वाचन समितिका नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, तेजनाथ धमला, चन्द्रबहादुर शाही र सेमन्त निरौला सदस्य रहेको आचार्यले जनाएका छन्। यद्यपि वरिष्ठ अधिवक्ता श्रेष्ठले निर्वाचन समितिमा बस्न अस्वीकार गरेका छन्।  नेपाल बार पदाधिकारीसँग आफ्नो कुनै सल्लाह नभएको भन्दै आफ्नो नाम निर्वाचन समितिमा नरहेको श्रेष्ठले स्पष्ट पारेका छन्।

बारको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि २०८१ चैत २३ गते शनिवारका लागि निर्वाचनको मिति तय गरेको आचार्यले बताए। वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको नेतृत्वमा रहेको वर्तमान कार्य समितिले चैत २३ को चुनावबाट आउने नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गर्ने छ। बारले निर्वाचन समिति बनाएसँगै वकिलहरू चुनावी अभियानमा सक्रिय हुने भएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ