पाथीभरा केवलकारको विरुद्धमा आठ दलीय मोर्चा 


काठमाडौं। आठ दलीय मोच पाथीभरा केवलकारको विरूद्धमा उभिएको छ। मुक्कुमलुङ घटनामा घाइते भएका आन्दोलनकारीलाई भेट्न त्रिवि शिक्षण अस्पतालमा पुगेका आठ दलीय मोर्चाका नेताहरु केवलकारको विपक्षीमा उभिएका हुन्। 

आदिवासी जनजाती जनताले आफ्नो पिता पुर्खाको आत्मा भ्रमण गर्ने पवित्र स्थलको रूपमा रहेको ठाँउमा केवलकार निर्माणले आस्थामाथि ठूलो प्रहार हुने भएकोले भावनासँग खेलवाड नगर्न भनि गरेको आन्दोलनमाथि आठ दलीय मोर्चाले ऐक्यबद्धता जनाएको छ। साथै उक्त मोर्चाले राज्य दमनको घोर भत्सर्ना समेत गरेको छ।

टिचिङ अस्पताल महाराजगन्जमा रहेका घाइतेहरु क्रमशः यम बहादुर लिम्बु (तेह्रथुम), धर्मन पालुङ्वा (ताप्लेजुङ), सगुन लावती (पाँचथर)लाई भेट्न आठ दलीय मोर्चाको तर्फबाट हृदयेश त्रिपाठी, राजकिशोर यादव, सर्बेन्द्र नाथ शुक्ला,राम नरेश राय, केशव झा, रेणु यादव, राम कुमार शर्मा, मनिष सुमन, वृखेष चन्द्र लाल, गंगाराम थारु, शरद सिंह यादव, लक्ष्मण लाल कर्ण, इन्दु सुवेदी, विजय सिंह, सन्तोष मेहता, बुद्ध छिरिङ मोक्तान, मुकेश झा, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह अस्पताल पुगी घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेका छन्।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ