स्वास्थ्यमन्त्रीका लागि ऐतिहासिक दिन, छिटफुट बाहेक सबै ठाउँमा एचपीभी खोप अभियान सुरु


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको आज ऐतिहासिक दिन । केही जिल्लाका स्थानीय तह बाहेक अन्य ठाउँमा पाठेघरको मुखको क्यान्सर गराउने Human Papillomavirus विरुद्धको एचपीभी खोप अभियान २०८१ सुरु भएको छ ।

पौडेलको अभियान अनुसार आज देखि आगामी फागुन ५ गतेसम्म पाठेघरको मुखको क्यान्सर रोकथामका लागि किशोरी लक्षित एचपीभी खोप अभियान सञ्चालन हुदैछ ।

अभियानले कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई समेट्ने बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा अभियान गौतमले बताए । अभियान १९ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा सञ्चालन गरिने छ ।

एचपिभी भाइरस २०० भन्दा धेरै प्रजातिका हुन्छन् तर मानव शरीरमा क्यान्सर गराउने प्रजातिहरू १२ प्रकारका हुन्छन् ती हुन् । ती हुन् १६, १८, ३१, ३३, ३५, ३९, ४५, ५१ ५२, ५६, ५८ र ५९ ती मध्ये सबैभन्दा बढी जोखिम प्रकारका प्रजातिहरू १६ र १८ हुन् । अधिकारीहरुले बताए अनुसार नेपालमा ८०५ पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिहरूबाट भएको देखिन्छ ।

पाठेघरको मुखको क्यान्सर विश्वमा हरेक वर्ष ५,७०,००० महिलालाई हुने र सन् २०३० सम्ममा ७,००,००० सम्म पुग्ने अनुमान गरिएको छ । साथै हरेक वर्ष ३,११,००० जना महिलाहरूको मृत्यु हुने र सन् २०३० सम्ममा ४,००,००० पुग्ने अनुमान छ ।

तथ्यांक अनुसार महिलाहरूमा पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सर रहेको छ । ८८५ पाठेघरको मुखको क्यान्सरका विरामीहरू र मृत्यु हुने संख्या न्यून आय भएका र मध्यम आय भएका देशहरूमा देखिएको छ ।

नेपालमा हरेक वर्ष २,१६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । हरेक वर्ष १,३१३ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ । प्रत्येक दिन ४ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ ।

नेपालको कहाली लाग्दो तथ्यांकलाई देखेर स्वास्थ्यमन्त्री पौडेलले मन्त्री भएको केही दिनपछि किशोरीहरुमा पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियान सञ्चालन गर्ने बताएका थिए । सोही अभियान अनुसार आजबाट खोप लगाउन सुरु गरिएको छ ।

महिलाहरूमा हुने क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण छ । यौन क्रियाकलापमा सक्रिय अधिकांश महिलाहरूको जीवनकालमा कुनै न कुनै समयमा एचपिभी भाईरसबाट संक्रमण भएका हुन्छन् ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ##HPV KHOP

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ