देशको आर्थिक अवस्था हेरेर पिजीकाे सिट निर्धारण
काठमाडौं । चिकित्सा शिक्षा आयोगले पिजी अध्ययनका लागि निजी र सरकारी कलेजहरूमा सिट निर्धारण गरेको छ। चिकित्सा शिक्षा आयोगले एक विज्ञप्ति जारी गर्दै उक्त सिट निर्धारण गरेको जनाएको हो।
पिजी अन्तर्गत एमडी एमएस एमडीएसको सिट निर्धारण गर्दा आयोगले उनीहरूको क्षमता र योग्यतालाई केन्द्रमा राखेर सङ्ख्या तोकेको छ।
दबाब र प्रभावका आधारमा सिट निर्धारण गर्दा विद्यार्थीमा गुणस्तरता कायम नहुने देखेपछि आयोगले कलेजहरूको अवस्था हेरेर मात्रै सिट निर्धारण गरेको हो । अझ पछिल्लो समय देश आर्थिक रूपले कोल्याप्स हुने अवस्थामा पुगेपछि आयोगले त्यसलाई समेत ध्यानमा राख्दै सरकारी कलेजहरुमा सिट निर्धारण गरेको हो।
स्वास्थ्य लाइभले केही दिन अगाडि मात्रै देश आर्थिक रूपले कोल्याप्स हुने अवस्थामा पुगेको तर बोल्दिने मान्छे मात्रै अभाव भएको भन्दै समाचार सार्वजनिक गरेको थियो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस