प्रशासनका १९ उपसचिव सहसचिवमा बढुवा भए


काठमाडौं। प्रशासन सेवाका १९ जना उपसचिवहरू सहसचिवमा बढुवा भएका छन्। उनीहरू जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा सहसचिवमा बढुवा भएका हुन्। 

संघीप ममिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको बढुवा समितिको सचिवालयले गत पुस ३ गते पदमकुमार श्रेष्ठसहित १९ जना उपसचिवलाई जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा सहसचिवमा बढुवाका सिफारिस गरेको थियो। उनीहरूले माघ ९ गतेदेखि जेष्ठता कायम हुनेगरी राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)को नियुक्ति पाएका हुन्।

सहसचिवमा बढुवा हुनेमा दिलिपकुमार गौतम, योगेन्द्रप्रसाद दुलाल, युवराज अधिकारी, भविश्वर पाण्डे, चन्द्रबहादुर शिवाकोटी, हेमराज भुसाल, भरत गौतम, विमलप्रसाद बराल, बलराम ढकाल, पवनकुमार तिमिल्सेना, गोविन्दप्रसाद अधिकारी, पुरुषोत्तम अधिकारी, शान्तिराज प्रसाई, नारायणप्रसाद मैनाली, विजयराज सुवेदी, चिरञ्जीवी तिम्सिना, कविन्द्र नेपाल र यमेन्द्र उपाध्याय रहेका छन्।

त्यस्तै सूचना प्रविधि तर्फका उपसचिवले पनि सहसचिव बढुवाको नियुक्ति लिइसकेका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #कविन्द्र नेपाल, #गोविन्दप्रसाद अधिकारी, #चन्द्रबहादुर शिवाकोटी, #चिरञ्जीवी तिम्सिना, #दिलिपकुमार गौतम, #नारायणप्रसाद मैनाली, #पवनकुमार तिमिल्सेना, #पुरुषोत्तम अधिकारी, #बलराम ढकाल, #भरत गौतम, #भविश्वर पाण्डे, #यमेन्द्र उपाध्याय, #युवराज अधिकारी, #योगेन्द्रप्रसाद दुलाल, #विजयराज सुवेदी, #विमलप्रसाद बराल, #शान्तिराज प्रसाई, #हेमराज भुसाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ