खानेपानी मन्त्रीको कार्यकक्षमा आगलागी, प्रहरीद्वारा नियन्त्रण
काठमाडौं। सिंहदरबारस्थित खानेपानी मन्त्री प्रदिप यादवको कार्यकक्षमा आगलागी भएको छ। शनिबार बिहान अन्दाजी ९ बजेतिर लागेको आगो प्रहरीले नियन्त्रणमा लिएको हो।
के कारणले आगो लागेको हो त्यसको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आगलागीबाट मन्त्री यादवको कार्यकक्षमा क्षति पुगेको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस