कार्यक्षमताका आधारमा १८ उपसचिव सहसचिवमा बढुवा भए


काठमाडौं। प्रशासन सेवाका १८ उपसचिव कार्यक्षमताका आधारमा सहसचिवमा बढुवा भएका छन्। कार्यक्षमता मूल्याङ्कनद्वारा प्रशासन सेवा सामान्य प्रशासन समूह, लेखा र राजस्व समूहका १८ उपसचिव सहसचिवमा बढुवा भएका हुन्। सहसचिवमा बढुवा भएका सबैले नियुक्ति पत्र समेत बुझिसकेका छन्। 

कार्यक्षमताका आधारमा सहसचिवमा बढुवा हुनेमा प्रेमप्रसाद लुईंटेल, रामदत्त पाण्डे, विनिता भट्टराई, लक्ष्मण ढकाल, दिलकुमार तामाङ, लक्ष्मी पाण्डे गौतम, मनिता श्रेष्ठ र लोकबहादुर सुनार रहेका छन्। त्यस्तै जगदिश्वर उपाध्याय, नारद गौतम, निर्मल ढकाल, वीरेन्द्रकुमार मिश्र, राजेन्द्रकुमार हमाल, इन्द्रप्रसाद बस्याल, शिवप्रसाद चौधरी, दिव्यराज पोखरेल, पूर्णमान श्रेष्ठ र कृष्णबहादुर शाही कार्यक्षमता मूल्याङ्कनद्वारा सहसचिव बढुवाका भएका हुन्।

सहसचिवमा बढुवा भएका प्रेमप्रसाद लुईंटेल, रामदत्त पाण्डे, विनिता भट्टराई, लक्ष्मण ढकाल, दिलकुमार तामाङ, लक्ष्मी पाण्डे गौतम, मनिता श्रेष्ठ, लोकबहादुर सुनार, पूर्णमान श्रेष्ठ र कृष्णबहादुर शाही सामान्य प्रशासन समूहका उपसचिव हुन्। जगदिश्वर उपाध्याय, नारद गौतम, निर्मल ढकाल, राजेन्द्रकुमार हमाल र दिव्यराज पोखरेल राजस्व समूहका उपसचिव हुन् भने वीरेन्द्रकुमार मिश्र र शिवप्रसाद चौधरी लेखाका उपसचिव हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको बढुवा समितिको सचिवालयले गत पुस १९ गते कार्यक्षमता मूल्याङ्कनका आधारमा १८ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको थियो। कार्यक्षमता मूल्याङ्कनका आधारमा सहसचिवमा बढुवा भएका उनीहरूले आईतबार नै नियुक्ति लिएका हुन्। जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा सहसचिव बढुवा भएका १९ जनाले भने यसअघि नै पत्र बुझेका थिए।

क्याटेगोरी : समाचार
ट्याग : #कृष्णबहादुर शाही, #जगदिश्वर उपाध्याय, #दिलकुमार तामाङ, #दिव्यराज पोखरेल, #नारद गौतम, #निर्मल ढकाल, #पूर्णमान श्रेष्ठ, #प्रेमप्रसाद लुईंटेल, #मनिता श्रेष्ठ, #राजेन्द्रकुमार हमाल, #रामदत्त पाण्डे, #लक्ष्मण ढकाल, #लक्ष्मी पाण्डे गौतम, #लोकबहादुर सुनार, #विनिता भट्टराई, #वीरेन्द्रकुमार मिश्र, #शिवप्रसाद चौधरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ