सुष्मा विसीको मौलिक गीत ‘जुनेली रातैमा’ सार्वजनिक
काठमाडौं। सांगितक क्षेत्रमा गायिक सुष्मा विसीले फड्को मार्दै छिन्। उनका गीत लगातार हिट हुँदै आएका छन्। पछिल्लो समय पाली खरैको, बालेनको शहर लगायत दर्जनौ गितमा स्वर भरेकी गायिका सुष्मा विसीको नयाँ मौलिक गीत जुनेली रातैमा हालै सार्वजनिक भएको छ। प्रकाश दुरा र सुष्मा विसी कै आवाजमा रहेको गीतको शव्द र संगीत प्रकाश दुराले गरेका छन् ।
माया बसे पनि छुट्टिएर बस्दाको पीडा र भावलाई समेटेर मलाई पनि सँगै लैजाउ भन्ने थिममा तयार पारिएको गीत अत्यन्त राम्रो बनेको निर्माण पक्षको दाबी छ।
गीतमा प्रकाश दुरा वविन सिंह ठकुरी, संचिता बोलाखे, चित्रा पुन र गायिका सुष्मा लगाएतका कलाकारले अभिनय गरेका छन्। प्रकाश दुराकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियो समिर रामदन टिमले खिचेको हो, भने अमर सुनारले कोरियोग्राफ तथा डाईरेक्सन गरेका छन्।
क्याटेगोरी : विविध
तपाईको प्रतिक्रिया दिनुहोस