अख्तियारको सुशासन पुरस्कार पत्रकारत्रय कार्की, मैनाली र धमलालाई दिने तयारी


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुशासनको पक्षमा कलम चलाउने ३ पत्रकार पुरस्कृत गर्ने तयारी गर्दैछ। नागरिक दैनिकका वरिष्ठ संवाददाता टपेन्द्र कार्की, नयाँ पत्रिका दैनिकका नवराज मैनाली र कान्तिपुर टेलिभिजनका रमेश धमलालाई सुशासन पुरस्कार दिन लागिएको अख्तियार स्रोतले बतायो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा पत्रकारत्रयलाई पुरस्कृत गर्न लागेको हो। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हुन गइरहेको ३४ औं स्थापना दिवसमा सुरक्षा बिट हेर्ने पत्रकारलाई अख्तियारले पुरस्कृत गर्ने तयारी गरेको हो। माघ २८ गते नेपाल प्रहरी प्रधान कार्यालयको अडिटोरियम हल, नक्सालमा हुन गोइरहेको उक्त कार्यक्रममा अख्तियारले सुरक्षा हेर्ने पत्रकारलाई पुरस्कार दिन लागेको हो। यसले अख्तियारले प्रहरी हाबी भएको आभाष हुन्छ।

लेख तथा रचना तर्फ पनि पत्रकारले नै अख्तियारको पुरस्कार पाउने सम्भावना छ। पत्रकारिताका माध्यमबाट भ्रष्टाचार नियन्त्रण र सुशासन अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याए वापत अख्तियारले ‘अवार्ड’ प्रदान गर्दै आएको छ। सम्भवतः सोमबार उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट अख्तियारको पुरस्कार थाप्नेछन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ