३ सचिवको जिम्मेवारी हेरफेर
अर्थ सचिवमा उपाध्याय, अख्तियारमा दुवाडी
काठमाडौँ । सरकारले अर्थ सचिव परिवर्तन गरेको छ । अर्थ सचिव डा. रामप्रसाद घिमिरेलाई सरुवा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्यायलाई अर्थ सचिवको जिम्मेवारी दिएको हाे ।
अर्थ मन्त्रालयको नेतृत्वमा रहेका सचिव डा. घिमिरेको कार्यक्षमताको विषयलाई लिएर यसअघि नै पटकपटक प्रश्न उठेको थियाे।
अख्तियारको सचिवमा भने राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई पठाइएको छ। धादिङका दुवाडी अख्तियार प्रमुख प्रेमकुमार राईका विश्वासपात्र समेत हुन्। अर्थ सचिव रामप्रसाद घिमिरेलाई भने राष्ट्रपति कार्यालयमा पठाएको छ। घिमिरे पनि अख्तियारबाटै अर्थ छिरेका थिए।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस